अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एनआइसी एशिया बैंकको १० दोब्बरसम्म रकम फिर्ता हुने स्किम साउन मसान्तसम्म ( कति महिनामा कति दोब्बर फिर्ता पाइन्छ ?)

एनआइसी एशिया बैंकको १० दोब्बरसम्म रकम फिर्ता हुने स्किम साउन मसान्तसम्म ( कति महिनामा कति दोब्बर फिर्ता पाइन्छ ?)


काठमाडौ – एनआइसी एशिया बैंकले २० दिनका लागि ल्याएको आकर्षक अफर ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को समय थप ३० दिन थपेको छ । बैंकले प्रेस विज्ञप्ती जारी गरेर जनाए अनुसार असार १२ देखि ३२ गतेसम्म ल्याएको यो आकर्षक अफरको समय अब साउन महिना भरी थपिएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जारी गरेको विज्ञप्ती अनुसार यो योजनामा निक्षेपकर्ताले आफूले जम्मा गरेको रकमको १० गुणा बढी रकम फिर्ता पाउने प्रावधान छ । खासगरी व्यक्तिगत,संस्थगत एवं रेमिटेन्सका ग्राहकहरुलाई लक्षित गरेर यो योजना ल्याएको हो । ‘यस योजनामा देश एवं विदेशमा बस्नुभएका महानुभावहरू एवं विभिन्न संस्थाहरूले देखाउनुभएको अभूतपूर्व सहभागीता, रुची एवं चासोलाई सम्मान गर्दै बैंकले २०७९ साउन मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको छ ’ यस योजनाको म्याद थपको कारण बारे प्रेस विज्ञप्तीमा भनिएको छ ।

यस योजनामा ग्राहकहरुले ५ वर्ष १० महिना अर्थात ७० महिना देखि १९ वर्ष १० महिना अर्थात २ सय महिना सम्म मुद्धती खातामा रकम जम्मा गर्दा दुई देखि १० गुणासम्म फिर्ता पाउने व्यवस्था गरिएको छ । त्यती मात्र होइन उक्त निक्षेप रकमलाई धरौटाी मान्दै बैंकले कर्जा सुविधा पनि दिएको छ । पाण्डेका अनुसार निक्षेप राखेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत रकम बराबर कर्जाको सुविधा बैंकले उपलब्ध गराएको छ ।

निक्षेप गरेको रकमको दोब्बर देखि १० गुणासम्म कसरी प्राप्त गर्न सकिन्छ त ? आम ग्राहकहरुमा जिज्ञासा हुनसक्छ । त्यसका लागि तलको तालिकालाई ध्यानपूर्व अध्ययन गरौं । तालिकामा उल्लेख भए अनुसार व्यक्तिगत,संस्थागत र रेमिटेन्स खाताका लागि अलग अलग समय तोकिएको छ । निक्षेपको दोब्बर रकम पाउनका लागि व्यक्तिगत खातामा ६ वर्ष ४ महिना २५ दिनको समय कुर्नु पर्दछ । यही स्किम संस्थागत खातमा ७ वर्ष २ महिना २७ दिनमा पाइनेछ । यस्तै रेमिटेन्समा ५ वर्ष १० महिना १४ दिनमा निक्षेपको दोब्बर रकम पाइनेछ ।
तीन गुणा रकम पाउनका लागि व्यक्तिगत खातामा निक्षेप गरेको १० वर्ष २ महिना १४ दिन समय लागछ भने संस्थागत खातामा ११ वर्ष ८ महिना ९ दिनको समय लाग्छ । यही अफर रेमिटेन्स खातामा पाउन ९ वर्ष ४ महिना १० दिनको समय लाग्दछ । निक्षेपको ४ गुणा कहिले पाइन्छ त भन्ने जिज्ञासा पनि हुनसक्छ । यसका लागि व्यक्तिगत खातामा १२ वर्ष ११ महिना २ दिनको समय लाग्दछ भने संस्थागत खातामा १४ वर्ष १० महिना २९ दिनको समय लाग्दछ । रेमिटेन्स खातामा चाँही यो स्किम प्राप्त गर्न ११ वर्ष १० महिना ७ दिनको समय लाग्दछ । आफूले निक्षेप गरेको रकमको ५ गुणा प्राप्त गर्न १५ वर्ष १३ दिनको समय लाग्दछ । संस्थागत खाता तर्फ १७ वर्ष ५ महिना ९ दिन समय लाग्ने देखिन्छ । रेमिटेन्स खातामा चाँही १३ वर्ष ९ महिना १५ दिनको समय लाग्दछ ।
बैंकले विज्ञप्तीमा जनाए अनुसार निक्षेपको ६ गुणा रकम प्राप्त गर्नका लागि व्यक्तिगत खातामा १६ वर्ष ९ महिना ७ दिनको समय लाग्दछ । त्यसैगरी संस्थागत खातामा १९ वर्ष ६ महिना ७ दिनको समय लाग्दछ । रेमिटेन्स खातामा निक्षेप राखेको १५ वर्ष ४ महिना १७ दिनमा ६ दोब्बर बढी रकम फिर्ता पाउन सकिन्छ । व्यक्तिगत खातामा निक्षेप गरेको १८ वर्ष २ महिना २४ दिनका दिन ७ दोब्बर बढी रकम पाउन सकिन्छ । संस्थगत खातामा ७ दोब्बर बढी रकम पाउन २१ वर्ष ३ महिना १३ दिनको समय लाग्दछ । रेमिटेन्स खातामा १६ वर्ष ८ महिना २१ दिनमा ७ गुणा बढी रकम पाउन सकिन्छ ।
८ गुणा बढी रकमकति समयमा पाइएला त भनेर ग्राहकहरुलाई थप जिज्ञासा हुनसक्छ । बैंकको विज्ञप्तीमा जनाइए अनुसार व्यक्तिगत खातामा १९ वर्ष ६ महिना १ दिनमा आफूले निक्षेप गरेको भन्दा ८ गुणा बढी रकम फिर्ता पाउन सकिन्छ । यस्तै संस्थागत खातामा २२ वर्ष ९ महिना २६ दिनमा ८ गुणा बढी रकम फिर्ता पाउन सकिन्छ । रेमिटेन्स खातामा चाँही १७ वर्ष १० महिना २० दिनमा ८ गुणा बढी रकम फिर्ता पाउने व्यवस्था गरिएको छ । निक्षेपको ९ गुणा बढी रकम प्राप्त गर्नका लागि व्यक्तिगत खातामा २० वर्ष ७ महिना १५ दिन लाग्दछ । संस्थागत खातामा ९ दोब्बर बढी रकम पाउनका लागि निक्षेप गरेको २४ वर्ष २ महिना ५ दिनको समय लाग्दछ । रेमिटेन्स खातामा भने १८ वर्ष ११ महिना १ दिनको समय पार भएपछि आफूले राखेको निक्षेपको ९ गुणा बढी रकम फिर्ता पाउने व्यवस्था छ । यो स्किमको सबभन्दा बढी आकर्षक अफर आफूले निक्षेप गरेको १० गुणा बढी रकम कति समयमा पाउन सकिएला त ? नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले जारी गरेको विज्ञप्ती अनुसार व्यक्तिगत खातामा २१ वर्ष ७ महिना १७ दिनमा आफूले निक्षेप गरेको १० गुणा बढी रकम पाउन सकिन्छ । त्यस्तै संस्थागत तर्फ २५ वर्ष ४ महिना २३ दिनमा १० गुणा बढी रकम पाउन सकिन्छ भने रेमिटेनस खातामा १९ वर्ष १० महिना २ दिनका दिन १० गुणा बढी रकम पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकले यस अघि नै ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याइसकेको छ ।
एनआइसी एशिया बैंकका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध छन् ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिइरहेको बैंकले जनाएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको विज्ञप्तीमा उल्लेख छ । यो रकम मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं स्थानमा छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी एनआइसी एशिया बैंक सञ्चालन हुदै आएको छ ।
देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।