अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनवल नगरपालिकामा सेवा लिंदा अब फोटोकपी र स्क्यानिङको पैसा नलाग्ने

सुनवल नगरपालिकामा सेवा लिंदा अब फोटोकपी र स्क्यानिङको पैसा नलाग्ने


सुनवल- सुनवलमा नगरपालिकाको सेवा लिंदा अब आवश्यक पर्ने कागजातको फोटो कपी,स्क्यानिङ,फारम भर्दा वा निवदेन लेख्नु पर्दा पैसा नलाग्ने भएको छ ।
नगरपालिकाले आज १३ वटै वडा कार्यलयहरुलाई फोटोकपी र स्क्यानिङ वितरण गरेपछि यो समस्या हल हुने भएको हो । नगरप्रमुख विमला अर्यालका अनुसार अब फारम भर्ने तथा निवदेन लेख्न नसक्ने सेवाग्राहीका लागि वडा मै त्यो सुविधा दिने व्यवस्था गरिनेछ ।
नगरपालिकाका कतिपय वडा ग्रामिण क्षेत्रमा भएकोले सेवाग्राहीले फोटो कपी लगायतका कागजात नुहँदा टाढा जानु पर्ने भएकोले एकदिनमा हुने काम पनि दुई तीनदिनसम्म लाग्ने गरेकोले नगरपालिकाले निशुल्क सुविधा दिएको हो ।
उपप्रमुख सूर्य दुवेका अनुसार निर्वाचनका क्रममा जनतालाई सानो भएपनि अत्यावश्यक यो सुविधा निशुल्क उपलब्ध गराउने आफुहरुको प्रतिवद्धता भएकोले त्यसलाई पुरा गरेको बताउनुभयो । ‘अब पुरा कागजात लिएर आएका सेवाग्राहीका काम त्यही दिन सम्पन्न गर्ने हाम्रो नीति छ ’ अर्यालले भन्नुभयो ‘जनतालाई सहज सुविधा दिनका लागि नगरपालिकाले यो व्यवस्थ गरेको हो ।’
‘सबै वडाहरुमा हेल्प डेस्क राखिएको छ । त्यहाँ भएका स्वयंसेवकले सेवाग्राहीका फोटोकपी र स्क्यानिङ गरिदिनेछन्’ नगरपालिकाका कर्मचारी रेशम शर्मा भन्नुहुन्छ ‘नगरपालिकामा तिर्नुपर्ने राजश्व बाहेक अरु शुल्क लाग्दैन अब ।’

नगरपालिकाले यस अघि नगरमा ५ हजार लिटरसम्म पानी प्रयोग गर्ने उपभोक्तालाई निशुल्क उपलब्ध गराउने निर्णय गरिसकेको छ ।