अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका पहाडी भू-भागमा चट्याङ सहित हल्का वर्षाको सम्भावना

देशका पहाडी भू-भागमा चट्याङ सहित हल्का वर्षाको सम्भावना


काठमाडौ -आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखा​ले जनाएको छ।
देशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।