अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य


काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु.४०० ले बढेर रु.९४ हजार पुगेको छ ।

पहेंलो धातु आइतबार प्रतितोला रु.९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.९३ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु.एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ ।