अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने, उच्च सतर्कता अपनाउन आग्रह

विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौँ – काठमाडौं उपत्यकाको विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै खोलाको किरानामा बसोबास गर्नेहरूलाई उच्च सचेतना अपाउन आग्रह गरिएको छ ।

नेपाल फ्लड एलर्टले दिउँसो ३ बजे सूचना जारी गर्दै पछिल्लो एक घण्टामा विष्णुमती र धोबीखोला जलाधार क्षेत्रमा अत्याधिक पानी परेकाले सतर्कताका लागि आग्रह गरेको हो ।

‘काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ । विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे १ मिटर बढेको छ,’ सूचनामा भनिएको छ,’विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्छ । आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।’