अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पानी परोस् भन्दै पश्चिम नवलपरासीका किसानले जनप्रतिनिधिलाई बाँधेर गरे पुजा

पानी परोस् भन्दै पश्चिम नवलपरासीका किसानले जनप्रतिनिधिलाई बाँधेर गरे पुजा


पश्चिम नवलपरासी – लामो समयसम्म खडेरीले आजित बनेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् ।

खडेरीले गर्दा पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ । सोही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित जनप्रतिनिधिलाई बाँधेर पूजा गरेका छन् ।

स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यताअनुसार पूजा गरिएको अध्यक्ष चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले गाउँभरि यस्तै पूजा भइरहेको छ । गाउँका भद्र भलादमीको हात बाँधेर पूजा गर्ने, पानी र हिलो छ्याप्ने गरिन्छ । धार्मिक मान्यताअनुसार यसो गरिएको हो ।’

सरावलबाहेक जिल्लाका अन्य स्थानमा पनि क्षमापूजा गरिएको छ । जिल्लामा चर्को घाम र गर्मीका कारण भर्खरै रोपेको धानको बीउ सुक्न थालेको छ ।