अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले संघ र प्रदेश निर्वाचनमा पनि तालमेल गर्ने

कांग्रेसले संघ र प्रदेश निर्वाचनमा पनि तालमेल गर्ने


काठमाडौं – नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाटै कांग्रेस पहिलो दल बनेको निष्कर्षसहित गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कांग्रेसलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग आपसी संवाद गरी चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गर्दछ।’