धनुषा – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनको अपरिपक्वताका कारण मुलुक संकटतर्फ उन्मुख भइरहेको बताउनु भएको छ ।
आज जनकपुरमा प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचको कारण मुलुक गम्भीर संकटतर्फ अघि बढेको छ ।’
मुलुकलाई कुनै राष्ट्रको विरुद्ध गोटीको रुपमा प्रयोग हुन नदिन र देउवा तथा प्रचण्डको अपरिपक्व सोचलाई सफल हुन नदिने जिम्मेवारी एमालेको काँधमा रहेको भन्दै नेता पाण्डेले देशमा जागरण अभियान चलाउनुका साथै संघर्ष गर्नुपर्ने बताउनु भयो ।
एमालेको मधेश प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ र पूर्वमन्त्री समेत रहेका स्थायी समिति सदस्य प्रभु साह लगायतकाले प्रशिक्षण दिएका थिए ।





प्रतिक्रिया