काठमाडौ -नेपाली काँग्रेसको हिजो सकिएको केन्द्रीय समिती बैठकले आगामी निर्वाचनमा आफूले १ सय सिट राखेर गठबन्धनका दलहरुलाई ६५ सिट बाँडचुँड गरिदिने प्रस्ताव राखेपछि गठबन्धन भित्र तरंग आएको छ ।
काँग्रेस कै हाराहारीमा भाग खोजेको माओवादी यो प्रस्तावबाट बिच्किएको छ । गठबन्धनका दलको उद्धेश्य थियो काँग्रेसलाई एकल बहुमत ल्याउनबाट जसरी पनि रोकेर सिटको बाँडफाँड गर्ने तर काँग्रेसको प्रस्ताव आइदियो आफूले जसरी पनि बहुमत राखेर अन्य दललाई सिट बाँडचुँड गरिदिने ।
काँग्रेसको दाउ १ सय सिट आफूसँग राखेमा प्रत्यक्ष र समानुपातिक गरेर एकल बहमुत पुग्छ । त्यसो नभएमा कुनै सानो दलललाई लिएर सरकार बनाउन सकिन्छ भन्ने छ । ‘यसो गर्दा चुनाव पनि जितिन्छ ,प्रचण्डको अनावश्यक बार्गेनिङ पनि सकिन्छ’ काँग्रेसका एक केन्द्रीय सदस्य बैठकमा भएको छलफलबारे जानकारी दिंदै भन्छन् ‘यस्तो अवस्थामा प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउछु भन्ने बाटो पनि बन्द हुन्छ ।’
माओवादीलाई काँग्रेसको शक्ति मजवुद नभएसम्म इंगेज गराइराख्ने नीति नीति लिनु पर्ने बिषयमा सहमती बनेको छ । माओवादी पार्टनर बिना बस्नै नसक्ने निस्कर्ष निकालेको काँग्रेसले माओवादीको एमालेसँगको सम्भावित पार्टनरसीपलाई पनि ख्याल गर्नुपर्ने विषयमा पनि छलफल भएको छ । ‘माओवादीलाई टाढा पनि नराख्ने धेरै पनि नदिने काँग्रेसको नीति हो । कसरी नजिक राख्ने र के कति दिएर मनाउने भन्ने विषय प्रधानमन्त्रीको जिम्मामा छ’ एक केन्द्रीय सदस्यको भनाइ छ ।
यता माओवादी र एस भने काँग्रेसलाई एकल बहुमतबाट कसरी रोक्ने भनेर छलफलमा भएकै बेला काँग्रेसको १०० सिटे निर्णयले अचम्मित परेका छन् । खासगरी प्रचण्डको योजना अनुसार काँग्रेसका ७० देखि ८० सिटमा खुम्च्याउने,आफूले ५० देखि ६० सिट लिने र उभ्रिएको सिट एस,जसपा,लोसपा लगायतका गठबन्धनका दललाई बाँडचुँड गरेर दिने भन्नेमा छ । तर काँग्रेसले संस्थगत निर्णय नै गरेपछि अब के कसरी अघि बढ्ने भन्नेमा प्रचण्ड आन्तरिक छलफलमा रहेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री देउवासँगको छलफलमा प्रचण्डले माधव नेपाल मिलाउने जिम्मा आफूले लिने तर त्यस बापत समग्र सिटको बाँडफाँड आफूले भने अनुसार हुनुपर्ने माग छ ।
माओवादी एक्लै चुनाव लडेमा ८ सिट मात्र जित्ने सुरक्षा स्रोतको विष्लेषण रहेको गहृमन्त्री बालकृष्ण खाँणले काँग्रेस बैठकमा सुनाउनु भएको छ ।





प्रतिक्रिया