अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुन सक्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुन सक्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल


विराटनगर – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ।’

आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुन सक्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताउनु भयो ।