धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता लाइभ हुनुपर्ने बताउनु भएको छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले लोकसेवाको परीक्षा पारदर्शी हुनुपर्नेमा जोड दिनु भएको हो >
मेयर साम्पाङले लेखेका छन्, ‘लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ, नत्र विश्वास नहुने देखिन्छ।’
मेयर साम्पाङ धरानबासीलाई खानेपानी खुवाउने मुख्य एजेन्डासहित गत वैशाख ३० को चुनावी अभियानमा होमिएका थिए। त्यहीअनुसार उहाँले धरानका केही ठाउँमा नयाँ स्रोत जुटाएर पानी ल्याइसकेका छन्। तर दीर्घकालीन समाधानका लागि सप्तकोशीको पानी ल्याउने विकल्पतर्फ भने उहाँ अघि बढिसकेका छैनन्।






प्रतिक्रिया