अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली विद्युतीय माइक्रोमा सरर‍‍…

एमाले अध्यक्ष ओली विद्युतीय माइक्रोमा सरर‍‍…


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोटबाट विद्युतीय (माइक्रो बस) चढेर च्यासलस्थित पार्टी कार्यालयमा पुग्नु भएको छ ।

आज दिउँसो अध्यक्ष ओली आफ्नो गाडीमा होइन माइक्रोबसमा पार्टी कार्यालय पुग्नुभएको थियो । अध्यक्ष ओली माइक्रो बसबाट ओर्लिंदा पार्टी कार्यालयमा रहेका नेता-कार्यकर्ता र कर्मचारीका लागि सरप्राइज नै भयो।

सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लाग्नुभएका अध्यक्ष ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबसमा चढ्नु भयो । माइक्रोबसबाटै पार्टी कार्यालय जाने भनेर अध्यक्ष ओली चढ्नुभएपछि युवा संघ अध्यक्ष किरण पौडेल, नेता क्षितिज थेबेलगायत सबैजना माइक्रोमा नै चढ्नु भयो।

काठमाडौं-सिन्धुली रुटमा चल्ने माइक्रोबस आयोजकले रिजर्भ गरेर बालकोट लगेका थिए ।

तस्वीरहरुः अध्यक्ष ओलीको सचिवालय ।