काठमाडौं – राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको हो । बैठकमा पार्टीका पूर्व अध्यक्ष पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी सहभागी हुनुहुन्छ । त्यसैगरी वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको छ ।
बैठकमा साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदनहरू, दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायत विविध विषयमा छलफल हुनेछ ।





प्रतिक्रिया