अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एक्लै चुनाव लड्छ, कसैसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल

एमाले एक्लै चुनाव लड्छ, कसैसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल


विराटनगर – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएको बताउनुभएको छ।

प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मङ्गलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृद्धि, देश बनाउने सपना जागृत गर्ने विषयमा सरकार नालायक सावित भएको बताउनुभएको हो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौ, सम्भावना पनि छैन ।’ उहाँले स्थानीय आवश्यकता अनुसार तालमेल भने हुने प्रष्ट पार्नुभयो ।

बाम गठबन्धन भनेर प्रिय लाग्ने शब्द प्रयोग गरेर मात्र नहुने नेता पोखरेलको भनाई थियो । उहाँले कसैले चाहेर पनि एमालेलाई एक्ल्याउन नसक्ने बताउनुभयो ।

सत्तामा रहेका दलहरू निर्वाचनमा गठबन्धन गरेर आए एमाले सामना गर्न तयार रहेको नेता पोखरेलको भनाईं थियो ।