काठमाडौं – विघटित नेपाल कम्युनिष्ट पार्टीको तत्कालीन सचिवालयका पाँच सदस्य छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालयमा नेताहरु छलफल जुटेका हुन् ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका नारायणकाजी श्रेष्ठ, हालै नयाँ पार्टी गठन गरेका वामदेव गौतम र नेकपा एसका झलनाथ खनाल बैठकमा सहभागी छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफलपछि नेताहरुसँग जुटेका हुन्।





प्रतिक्रिया