अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा युवा महिलाहरुको भेला,संयोजकमा अञ्जली शर्मा

पोखरामा युवा महिलाहरुको भेला,संयोजकमा अञ्जली शर्मा


पोखरा -नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले महिलाहरुका राजनीतिमा हस्तक्षेपकारी भूमिकामा आउनु पर्ने बताउनुभएको छ ।
आज अखिल नेपाल महिला संघ केन्द्रीय युवा कमिटीले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय युवा भेलामा बोल्दै अर्यालले सो कुरा बताउनुभयो । अर्यालले संविधानले व्यवस्थ गरेको ३३ प्रतिशत आरक्षणले पार्टीको केन्द्रीय कमिटीमा उल्लेख्य महिला नेतृहरुको सहभागिताले एमाले भित्र उत्साह जगाएको बताउनुभयो । स्थनीय तह,प्रदेश र संघीय संसदमा अब महिलाको जबरजस्ती उपस्थितीलाई कसैलाई रोक्न नसक्ने अर्यालको भनाइ छ ।
अनेम संघकी अध्यक्ष थममाया थापाले आगामी निर्वाचनमा महिलाको सिट सुरक्षित गर्न युृवा महिलाहरुले विेशेष अभियान सञ्चालन गर्नु पर्ने बताउनुभयो । उहाँले युवा महिलाहरुले समाजमा एमाले र अनेम संघप्रतिको धारणा सकारात्मक बनाउन भूमिका निर्वाह् गर्नुपर्ने बताउनुभएको छ ।
अनेम संघ केन्द्रीय युवा कमिटी संयोजक दिपा शर्माले महिलाको आरक्षण भित्र पनि युवा समुहका महिलाले अवसर पाउनु पर्ने बताउनुभयो । उहाँले आरक्षण कोटा सधैं एकै व्यक्तिमा मात्र केन्द्रीत हुनु नुहने बताउनुभएको छ ।
भेलाले स्याङ्जाकी अञ्जली शर्माको संयोजकत्वमा ५५ सदस्यीय युवा महिला कमिटी गठन गरेको छ । सहसंयोजकमा नवलपुरकी रीता भण्डारी ,सचिवमा कास्कीकी पुष्पान्जली भण्डारी,उपसचिवमा मुस्ताङ की अनिता घटनी र तनहुँकी कोषाध्यक्षमा सुभद्रा लम्साललाई चयन गरेको छ ।