अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस देखि सुदुरपश्चिमसम्मका पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

मधेस देखि सुदुरपश्चिमसम्मका पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना


काठमाडौ- आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । आज विहान देखि नै सामान्य बदली रहेको छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ ।

देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।