काठमाडौ- काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फोहोरलाई ६ प्रकारमा वर्गीकरण गर्न नगरवासीलाई अनुरोध गरेको छ ।
मंगलबार बसेको नगरकार्यपालिका बैठकले फोहोरमैलालाई ६ प्रकारमा वर्गीकरण गरी ६ वटै झोलामा राख्नुपर्ने निर्णय गरेको हो। यसरी वर्गीकरण गरिएको फोहोर तोकिएका ६ वटा विभिन्न रङका झोलामा राख्न नगरपालिकाले अनुरोध गरेको छ।
यस्तो झोला वडा कार्यालयहरू र टोल सुधार समितिमार्फत् निःशुल्क पाउन सकिने नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।
चन्द्रागिरि नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,शून्य फोहोर अवधारण साकार पार्नका लागि फोहोर वर्गीकरण गरी घरमा संकलन गर्न अनुरोध गरिन्छ। वर्गीकरण अनुसारको फोहोर संकलन हुने दिनमा मात्र सो फोहोर उपलब्ध गराउन अनुरोध गरिन्छ।
यस्तै पालिकाले फोहोर संकलनवापत नगरपालिकाको आर्थिक ऐनअनुसार तोकिएको दरमा शुल्क बुझाउन पनि भनेको छ।
यस्तो वर्गीकरण अभियान साउन ४ गते बुधबारदेखि नै सुरू हुनेछ। त्यस्तै आगामी भदौ १ गतेदेखि यसरी फोहोर वर्गीकरण नगर्ने परिवारलाई जरिवाना हुने पनि नगरपालिकाले बताएको छ।
नगरपालिकाले उपलब्ध गराएको फोहोर वर्गीकरण तरिका र झोलाको रङ यस्तो छ(
कालो झोला – कुहिने फोहोर
रातो झोला- सिसा र सिसाजन्य फोहोर
हरियो झोला – प्लास्टिकजन्य फोहोर
सेतो झोला – कागजजन्य फोहोर
नीलो झोला -फलाम लगायत कवाडीजन्य फोहोर
पहेँलो झोला – स्यानिटरी प्याड, डाइपर लगायत फोहोर





प्रतिक्रिया