अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनलाई लक्षित गरेर एमालेका ४ नेताले बागमतीका १४ सय कार्यकर्तालाई प्रशिक्षण दिने

निर्वाचनलाई लक्षित गरेर एमालेका ४ नेताले बागमतीका १४ सय कार्यकर्तालाई प्रशिक्षण दिने


काठमाडौ- आगामी निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले बाग्मती प्रदेशस्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंस्थित प्रज्ञा भवनमा प्रशिक्षण कार्यक्रमको सुरुवात गर्दैहुनुुहुन्छ ।
प्रशिक्षण कार्यक्रममा विभिन्न पदाधिकारी सहित १४ सय प्रतिनिधि सहभागी हुने एमाले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा एमाले बाग्मती प्रदेश अध्यक्ष, उपाध्यक्ष, जिल्लाका पदाधिकारी,जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्ष लगायत सहभागी हुनेछन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष र्इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता काशीनाथ अधिकारीले प्रशिक्षण दिने बताइएको छ ।

प्रशिक्षणमा अध्यक्ष ओलीले समग्र राष्ट्रिय राजनीति र पार्टीले खेल्नुपर्ने भुमिकाबारे प्रशिक्षण दिनुहुनेछ पार्टीले जनाएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी दिनमा पार्टीले गर्नुपर्ने काम, उपाध्यक्ष पौडेलले मुलुकको आर्थिक अवस्था र वर्तमान राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षण दिनुहुनेछ ।

त्यस्तैगरी नेता अधिकारीले शुद्धीकरणका विषयमा प्रशिक्षण दिने तय भएको नेकपा एमालेले जनाएको छ ।

नेकपा एमालेले यसअघि प्रदेश – १ र जनकपुर प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।