काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिरमा नै हुनैपर्ने बताउनु भएको छ ।
सत्ता गठबन्धनले आगामी फागुनमा गर्न सकिने गरी छलफल अघि बढाएका बेला अध्यक्ष ओलीले दुवै तहको निर्वाचन मंसिरमै गर्नुपर्ने बताउनु भएको हो ।
‘आगामी मंसिरमा चुनाव गराउनुपर्छ। मंसिरभन्दा तलमाथि हुन दिनु हुँदैन,’ एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, यसबीचमा हरेक दिन भ्रष्टाचारका घटना बढिरहेका छन्। यी विरुद्ध एमालेपंक्तिले लड्नुपर्छ।’
अध्यक्ष ओलीले मंसिरको चुनावपछि एमालेको सरकार बन्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय हितका लागि एमालेको सरकार गठन हुनुपर्छ। आगामी निर्वाचनबाट एमालेको सरकार आउँछ ।’





प्रतिक्रिया