अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

हेटौँडा क्याम्पसमा छात्राहरूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै विद्यार्थीले गरे तोडफोड

हेटौँडा क्याम्पसमा छात्राहरूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै विद्यार्थीले गरे तोडफोड


हेटौंडा – मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको समयमा परीक्षा गार्डले खानतलासी गर्ने क्रममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुईजना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

यसैबीच तोडफोड भएपछि बुधबार हेटौंडा क्याम्पस केन्द्रमा हुने कक्षा ११ को ग्रेडवृद्धि परीक्षा रोकिएको छ। बिहीबारदेखिका परीक्षा भने पूर्वनिर्धारित तालिका अनुसार नै हुने हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवराज पराजुलीले जानकारी दिनु भयो ।