काठमाडौ- नेकपा एमालेले लामो समय देखि उठाएको मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालय सञ्चालनको बाटो अब खुलेको छ । राष्ट्रियसभाले आज विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक पास गरेपछि विश्विद्यालयको बाटो खुलेको हो । एमालेका तर्फबाट राष्ट्रियसभाका प्रमुख सचेतक देवेन्द्र दाहालका अनुसार करिब हप्ता दिन अघि प्रतिनिधीसभाबाट सन्देश सहित रािष्ट्रय सभामा आएको विधेयकलाई आज निर्णायार्थ पेश हुँदा सर्वसम्मतीले पास गरिएको हो । शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले यो विधेयक प्रष्तुत गरेपछि काँग्रेस ,एमाले mलगायतलका दलले हालेका संसोधन प्रस्ताव फिर्ता लिएर सर्वसम्मतीले पास गरेको दाहालले जानकारी दिनुभयो ।
यो विधेयक अब फेरी प्रतिनिधीसभामा फर्काइनेछ । प्रतिनिधीसभाले यतिकै वा सामान्य संसोधन सहित पास गरेपछि विश्वविद्यालय सञ्चालनका लागि बाटो खुल्ने दाहालले बताउनुभयो ।
प्रतिक्रिया