अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीयतालाई अलोकप्रिय बनाउने काम सत्ता गठबन्धनले गरिरहेको छ : महासचिव पोखरेल

संघीयतालाई अलोकप्रिय बनाउने काम सत्ता गठबन्धनले गरिरहेको छ : महासचिव पोखरेल


काठमाडौ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको सही ढंगले विष्लेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा एमाले नै पहिलो दल भएको पोखरेलको दाबी छ ।
‘गठबन्धनसँग हामी दोस्रो भएका हौं तर काँग्रेससँग दोस्रो होइन’ पोखरेलले भन्नुभयो ‘मिडियाले काँग्रेस पहिलो एमाले दोस्रो भन्छ त्यो होइन । हाम्रो लोप्रिय मत ३४ प्रतिशत हो काँग्रेसको ३३ प्रतिशत कुन पहिलो हो ?’मिडियाका कुरा जनताले पत्याउने भएकोले सही सुचना र विष्लेषण दिएर जनताको सही सुचना पाउने हकलाई पत्रकारले सुरक्षित गरिदिनु पर्ने पोखरेलको भनाइ छ ।


अर्को प्रसंगमा महासचिव पोखरेलले संघीयताका बारेमा कसैले गरेको टिप्पणी व्यक्तिगत भएको बताउनुभएको छ । नेकपा एमाले संविधानको कार्यन्वयनका लागि पक्षमा दृढताका साथ लागेकोले संविधानले व्यवस्था गरेका प्रावधान भन्दा बाहिर गएर अभिमत प्रकट गर्न नसक्ने बताउनुभएको छ ।
यति हुँदाहुँदै पनि संघीयतालाई अलोकप्रिय बनाउने काम वर्तमन सत्ता गठबन्धनले गरिरहेको पोखरेलको भनाइ छ । एमालेको सरकार हुँदा हरेक प्रदेशमा बढीमा सातवटा मन्त्रालय भएको तर अहिले सबैतिर १५ वटा मन्त्रालय पु¥याइएको पोखरेलले बताउनुभयो । ‘संघीयतालाई खर्चिलो र अलोप्रिय बनाउने काम सत्ता गठबन्धनले गरिरहेको छ ’ पोखरेलले सम्पादकहरुसँग भन्नुभयो ‘सातवटा मन्त्रालयबाट १५ वटा पुर्याउने कामलाई जनताले रुचाएका छैनन् ।’