काठमाडौ- एनआइसी एशिया बैंक २५ औं वर्षमा प्रवेश गरेको छ । राज जयन्तीका अवसरमा बैंककले सम्पूर्ण ग्राहकहरुमा शुभकामना व्यक्त गरेको छ ।
बैंकले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आज देशका बित्तीय क्षेत्रमा एनआइसी एशिया बैंकको अग्रणी स्थान रहनुमा ग्राहकहरुले आफूप्रति गरेको विस्वास कै कारण भएको उल्लेख छ । ‘ नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘ आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं ।’
बैंकले २५ वर्षको यात्रामा शेयरधनीको Optimum Wealth Maximization गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६÷०५७ मा १ कित्ता बराबरको शेयर संख्या १३.१२ कित्ता पुगेको छ । यसको बजार मुल्यमा रु. ९,५२०.९७ पुगेको बैंकले जनाएको छ ।
बैंकले २५ वर्षमा १९ अर्ब ९२ करोड भन्दा बढी रकम सरकारलाई राजश्व तिरेको जनाएको छ । ‘ अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेका छौं’ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘ गत अर्थिक वर्ष २०७८÷७९ मा मात्रै रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन हामी सफल भएका छौं ।’
बैंकले देशैभर फैलिएका शाखा सञ्जालहरूमार्फत लाखौं ग्राहकहरुलाई गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । ‘एन आई सी एशिया बंैक लिमिटेडले गत आ.व. २०७८÷७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. २०७८÷७९ मा खुद मुनाफातर्फ रू. ४.५३ अर्ब आर्जन गर्न सफल भएकोे छ’ रजत वर्ष पुगेको अवसरमा जारी गरेको विञप्तीमा उल्लेख छ ‘ जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (च्यभ्) १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।’
बैंकले प्रति शेयर आम्दानी तर्फ रू. ३९.१३ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । त्यसै गरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत रTier 1 Capital Adequacy Ratio (Including Capital Conservation Buffer ८.९३ प्रतिशत पु¥याई पूँजी व्यवस्थापन तर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको विज्ञप्तीमा जनाएको छ ।
बैंकले आ.व. २०७८÷७९ को चौथो त्रयमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाता पु¥याएको उल्लेख छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे जनाएको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
पाण्डेले जारी गरेको विज्ञप्ती अनुसार देशभर बैंकका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध छन् । यी सबै संरचनाका कारण एनआइसी एशिया बैंक बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक भएको जनाइएको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।
प्रतिक्रिया