अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनार्दनलाई छानविन समितीको तीन घण्टे सोधपुछ

जनार्दनलाई छानविन समितीको तीन घण्टे सोधपुछ


काठमाडौं -बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको संलग्नताको विषयमा छानिवनका लागि तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिइएको छ ।
संसदीय छानविन समितीले करिब तीन घण्टा शर्मासँग बयान लिएको हो ।
शर्माले पत्रकारहरुसँग बयानका बारेमा कुनै प्रतिक्रिया दिनुभएन । उहाँले आफूले समितीलाई बयान दिएकोले बाँकी कुरा उहाँहरुबाट बुझ्नु भन्दै निस्किनुभएको छ ।

करको दर हेरफेर गर्न व्यापारिक घरानाको मान्छेलाई प्रवेश गराएको भन्दै संसदमा तिव्र विरोध भएको थियो । बिरोधपछि शर्माले २२ असारमा राजिनामा दिनु भएको थियो । अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानविन गर्न ११ जना साँसदहरु रहेको संसदीय समिती गठन भएको छ ।