काठमाडौं -विदाको दिन सरकारी सेवाका अत्यावश्यक गाडीहरुको पनि चाबी खोसेको बिषयमा गृह मन्त्रालयले आपत्ती जनाएको छ ।
झणडवाल,सुरक्षा निकाय,एम्बूलेन्स,दमकलजस्ता सवारी साधन चलाउन विदाको दिन पनि पास आवश्यक नपर्ने भएकोले विनारोकटोक त्यस्ता गाडी चल्न पाउने मन्त्रालयले स्पष्ट पारेको छ ।
उपसचिव बसन्त भट्टराईले एक विज्ञप्ती जारी गरेर उल्लेखित अत्यावश्यक सेवा बाहेकका सवारीसाधन सञ्चालन गर्नु परेमा अनिवार्य रुपमा पास लिनु पर्ने उल्लेख गरिएको छ ।
मन्त्रायका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारीसाधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीसाधनहरुलाई सार्वजनिक बिदानको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोहीबमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सो बारेमा सर्वसाधारणलाई समेत सुसूचित गर्न गराउनुहुन तथा उपरोक्त बमोजिमबाहेकका सरकारी सवारीसाधन बिदाका दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाइका साथ लागु गर्नु गराउनुहुन अनुरोध छ ।”
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै भनेको छ ।





प्रतिक्रिया