अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

उदयपुरमा अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए


उदयपुर – उदयपुर जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् । अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा.मुकेश झाले जानकारी दिनुभयो ।

अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उहाँले बताउनुभयो । अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले भन्नुभयो, ‘५० शय्याको अस्पतालका अधिकांश शय्या भाइरलका बिरामीले भरिएका छन् ।  अहिले अन्य उपचारको लागि आउने बिरामीलाई  शय्यामा राखेर उपचार गन समस्या हुन थालेको छ।’