काठमाडौँ – नेकपा एमालेमा सांसद महेश बस्नेतले एम अधिकारीको खोजी भइरहेका बेला एस देउवा, पी दाहाल र आर देउवा राणालाई कारवाही गर्न माग गर्नुभएको छ ।
सांसद् बस्नेतले देशी-विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवा खोजेर कारबाही गर्नुपर्ने माग गर्नुभएको हो।
प्रतिनिधिसभा बैठकमा बिहिबार बोल्नुहँदै सांसद बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजी गरिरहेका छन् । देशी-विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस. देउवा, माओवादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होइन र ?’
सांसद बस्नेत भन्नुहुन्छ- ‘बजेटमा रातारात सेटिङ गरेर कर तथा भन्सारका दरहरू गडबड गरेर सीसीटीभीलगायत प्रमाण नष्ट गर्ने र कमिसन ६ अर्ब रुपैयाँभन्दा बढी गडबड गर्ने माओवादी नेता जे शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने हैन र ? पेट्रोलियम पदार्थको आपूर्तिमा गडबढी गर्ने काँग्रेस नेता डी बढुलाई कारवाही गर्नुपर्ने हैन र ? मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीमाथि खेलवाड गर्ने एम यादव र डी पौडेलहरुलाई कारवाही गर्नुपर्ने हैन र ?’
प्रतिक्रिया