अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना ! : प्रदीप ज्ञवाली

मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना ! : प्रदीप ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूले महंगी विरुद्ध कुरालाई लिएर ट्रोल बनाएकामा असन्तुष्टि जनाउनु भएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले आफूले सार्वजनिक कार्यक्रममा महंगी बढेको विषय उठाउँदा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाएको भन्दै असन्तुष्टि जनाउनु भएको हो । ‘मूल्यवृद्धिको कुरा गर्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए,’ उहाँले भन्नुभयो, ‘यसले उहाँको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना !’

खाद्यान्न, तरकारीमा ४० प्रतिशत मूल्यवृद्धि भएको र मुद्रास्फिति ९ प्रतिशत रहँदा सर्वसाधारण मर्कामा परेको भन्दै उहाँले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारबाट कुनै काम नै नभएको बताउनुभयो ।

मूल्यवृद्धि नियन्त्रणका लागि रुलिङ गर्न सभामुखसँग माग गर्नुभएका उहाँले भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि सरकारले मूल्य नघटाएको बताउनुभयो ।

सरकारले व्यापारी र व्यवसायीलाई कर छुटसहितको लाभ उपलब्ध गराउँदा बस्तुको मूल्य नघटेको भन्दै उहाँले उपभोक्ताको अधिकारमाथि आक्रमण भएको बताउनुभयो। कृत्रिम अभाव, महंगी नियन्त्रण र बजार अनुगमन गर्न माग गर्दै उहाँले अविलम्ब श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गर्नुभयो ।