काठमाडौं – महङ्गीविरूद्ध काठमाडौं उपत्यकामा जनप्रदर्शन गर्ने निर्णय गरेको नेकपा (एमाले)ले सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ ।
पार्टी कार्यालय ललितपुर, च्यासलमा जनसंगठनका प्रमुख र प्रचार प्रमुखहरूको आज बसेको बैठकले यही साउन १६ गते गरिने जनप्रदर्शनको तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिइएको हो ।
बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल उपस्थित हुनुहुन्थ्यो । महासचिव पोखरेलले महङ्गीविरूद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि जनसंगठनहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जनप्रदर्शनमा सबै जनसंगठनहरू आ–आफ्ना ब्यानर र झण्डासहित वसन्तपुरमा उपस्थित हुन निर्देशन गरेको छ ।
महासचिव पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महङ्गीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ ।





प्रतिक्रिया