भारत – भारतीय राष्ट्रपति निर्वाचनको मतपरिणाम बिहीबार घोषणा गर्ने तयारी भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार देशको १५ औं राष्ट्रपतिको नतिजा बिहीबार साँझसम्म घोषणा गर्ने तयारी छ । राष्ट्रपति चुनावको पहिलो चरणको मतगणना पुरा भइसकेको छ। जसमा सांसदको मतगणना सम्पन्न भएको हो ।
मतगणना अधिकारीका अनुसार द्रौपदी मुर्मूले ५४० र यशवंत सिन्हाले २०८ सांसदको भोट पाएका छन् । द्रौपदी मुर्मूको भोट भ्यालु ३ लाख ७८ हजार रहेको छ । जबकी यशवंत सिन्हाको भ्यालु १ लाख ४५ हजार ६०० रहेको छ ।
संसदमा कोठा नम्बर ६३ मा संसदको मतगणना पुरा भएपछि राज्यको गणना सुरु भएको हो । यसपछि जीतको औपचारिक घोषणा हुनेछ । एनडीएकी उम्मेदवार द्रौपदीको जित लगभग सुनिश्चित रहेको समाचारमा जनाइएको छ । यसैबीच द्रौपदीको गाउँमा जितको खुसीयाली सुरु भइसकेको छ ।
भारतीय नवनिर्वाचित राष्ट्रपतिको शपथ जुलाई २५ मा हुने बताइएको छ । जुलाई २४ मा वर्तमान राष्ट्रपति रामनाथ गोविन्दको कार्यकाल सकिनेछ ।





प्रतिक्रिया