काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमार्फत तेस्रो लिंगीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ घर भइ हाल काठमाडौंको बौद्ध बस्ने वर्ष २४ को कर्म वाङ सिङ लामा रहेका छन् । उनी ट्याक्सी चालक हुन्।
उनले पीडित तेश्रो लिंगीको तस्बिर र फोन नम्बर समेत ‘स्टडी ग्रुप’ नामक मेसेन्जर ग्रुप बनाइ सो ग्रुपमा राखेर चरित्र हत्या गरेको र उक्त ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भनी लेखेको पीडितले जनाएका छन्।
पक्राउ परेका लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया