अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पोखरामा एटिएम फोरेर १५ लाख चोरी

पोखरामा एटिएम फोरेर १५ लाख चोरी


पोखरा- पोखरामा एक बैंकको एटीएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ। पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए। उनले हालसम्म घटनामा संलग्न अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए।

चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो। बैंकले अघिल्लो दिन एटिएममा रु १७ लाख राखेकामा रु २ लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ।
पोखरामा केही दिनयता बैंकको एटीएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन्।

गत असार ३१ गते राति पोखरा–९ न्युरोडस्थित महानगरपालिका कार्यालयअगाडि रहेको एनआइसी एसिया बैंकको एटीएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो। रासस