अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उडिरहेको जहाजका पाइलट बिरामी भएपछि आकस्मिक अवतरण, उपचारका क्रममा मृत्यू

उडिरहेको जहाजका पाइलट बिरामी भएपछि आकस्मिक अवतरण, उपचारका क्रममा मृत्यू


काठमाडौ- इन्डोनेसियामा आज जहाज उडाइरहेका बेला पाइलट बिरामी भएर आकस्मिक अवतरणपछि मृत्यू भएको छ ।

एबिसी न्युजका अनुसार सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या आएको थियो। उडान क्रममा चालकको स्वास्थ्यमा समस्या आएको बताएपछि विमान सुराबायाको जुआन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो।

जहाजमा भएका सय जना यात्रु सबै सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पुर्‍याइएको छ।
उडान क्रममा स्वास्थ्य समस्या देखिएका पाइलट ४८ वर्षीय ब्वाइ अवालिया थिए। उनलाई तत्कालै अस्पताल लगिएको थियो। अस्पताल लगेको केही समयमै उनको निधन भएको हो।

आफ्नो विमानका चालकको निधन भएको सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले पुष्टि गरेका छन्।

ुबिहीबार बिहान चालकले विमान आकस्मिक अवतरण गरे। उनलाई तत्काल नजिकैको अस्पतालमा लगियो। तर उपचारका क्रममा उनको निधन भएको छ,ु राईले भनेका छन्।

ती चालकको के कारणले निधन भएको भन्नेबारे अस्पतालले कुनै जानकारी दिइसकेको छैन।

राईका अनुसार बुधबार बिहान ६ बजे उडेको विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो।