भारत -भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित हुनु भएको छ । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उहाँ दोस्रो महिला हुन् ।
बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।
मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।
मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू यसअघि झारखण्डको गभर्नर भइसकेकी छन् । मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनीयताको सपथ लिनु हुनेछ ।
भारतको संवैधानिक प्रावधानअनुसार केन्द्रीय सांसद र विधानसभा सदस्यहरुको कुल मत मूल्य १० लाख ८६ हजार ४३१ को ५० प्रतिशत कटाउने उम्मेदवार विजयी हुन्छन् । मुर्मूले ७२ प्रतिशत मत प्राप्त गरेकी छन् । उहाँका प्रतिद्वन्द्वी सिन्हाले २ लाख ६१ हजार ६२ मत मूल्य प्राप्त गरेका छन् ।





प्रतिक्रिया