अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज गण्डकी,बागमती र प्रदेश १ मा भारी वर्षाको सम्भावना

आज गण्डकी,बागमती र प्रदेश १ मा भारी वर्षाको सम्भावना


काठमाडौं – आज देशका गण्डकी,बागमती र प्रदेश १ केही स्थानमा भारी वर्षाको सम्भावना छ । अन्य पहाडी भूभागहरुमा चट्याङ सहित हल्का वर्षाको सम्भावना छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ ।