अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लाहान नगरपालिकाका उपमेयर महतोलाई बलात्कारको बात,प्रहरीमा जाहेरी

लाहान नगरपालिकाका उपमेयर महतोलाई बलात्कारको बात,प्रहरीमा जाहेरी



सिराहा- सिराहाको लाहान नगरपालिकाका उपमेयर रामचलित महतोलाई बलात्कार प्रयासको आरोप लागेको छ ।
जागिरको बहानामा एक महिलालाई कार्यलयलमा नै बोलाएर बलात्कारको प्रयास गरेको ति महिलाले जनाएकी छिन् । आफूलाई हिंसा भएकोले उपमेयर महतोलाई कारबाहीको माग गर्दै ति महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सावर्जनिक भएको हो ।
इलाका प्रहरी कार्यलय लाहानका डिएसपी सुवास बुढाथोकीले उपमेयर महतो विरुद्ध बलात्कार प्रयास गरेकोले कारबाहीका लागि उजुरी परेको पुष्टी गर्नु भएको छ । जनता समाजवादी पार्टीबाट चुनाव जितेका महतो केहीदिन देखि सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।