काठमाडौ- नेपाल राष्ट्र बैंकले आज मौद्रिक् नीति सार्वजनकि गर्दैछ । आर्थिक वर्ष २०७९ ८० को मौद्रिक नीतिको अन्तिम तयारी गरिरहेको राष्ट्र बैंकले अहिले सञ्चालक समितिको बैठक डाकेर छलफल चलाइरहेको छ । बिहान ८ बजेदेखि जारी बैठक अहिले पनि जारी रहेको बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
‘राष्ट्र बैंकको बोर्ड बैठक जारी रहेको छ । मौद्रिक नीतिका लागि जारी बैठक दिउँसो पुनः बस्नेछ । बोर्डबाट पास भएलगत्तै अपरान्ह ४ बजेतिर मौद्रिक नीति सार्वजनिक हुने पोखरेलले बताउनुभयो ।
पोखरेलका अनुसार मौद्रिक नीति सार्वजनिकका लागि विभिन्न टेलिभिजनहरु मार्फत प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको छ ।
मौद्रिक नीति सार्वजनिक भने बोर्ड बैठकले पास गर्ने वित्तिकै हुनेछ ।
प्रतिक्रिया