काठमाडौ- सत्ता गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्र काँग्रेसले भने अनुसारका एजेण्डामा समाहित हुँदै आफ्ना एजेण्डा छोड्दै गएको छ । यस्ता दृष्टान्त दोहोरिरहँदा नागरिकताका सम्बन्धमा उसले राखेको अडान पनि काँग्रेसको इच्छा अनुसार फेरेको छ । प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्छन् । तर, यसलाई खुकुलो प्रावधान भन्दै माओवादी केन्द्रले निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्ने व्यवस्थाका लागि लामो समयदेखि अडान लिइरहेको थियो ।
माओवादी केन्द्रको यही अडान र प्रचलित व्यवस्थाकै निरन्तरताको पक्षमा रहेको सत्तारुढ नेपाली कांग्रेसको अडानका कारण नागरिकता विधेयक अगाडि बढ्न सकिरहेको थिएन । यो निर्णयमा तत्कालीन नेकपा अडिग रहँदा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक पारित गरे पनि त्यसबेला प्रतिनिधीसभामा पुगेर रोकिएको थियो।
अहिले माओवादी पनि विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आउने वित्तिकै नागरिकता प्राप्तीको प्रक्रिया अघि बढाउन पाउनु पर्ने कुरामा राजी भएको छ । यस प्रकरणले माओवादीले आफूलाई राष्ट्रवादी भन्दै आएको दाबीलाई खण्डित गरेको धेरैको बुझाइ छ ।





प्रतिक्रिया