काठमाडौं – नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नागरिकताको विषय रंग बदलेर आएको टिप्पणी गर्नुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा जारी नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै बास्कोटाले यस्तो बताउनु भएको हो ।
सांसद बास्कोटाले दलहरु मौसम बद्लिए जस्तो बदलिन नहुने पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘नागरिकताको विषय रंग बदलेर आयो। मौसम बदलेजस्तो बदलिन हुँदैनथ्यो।सत्ताको चास्नीले नागरिकताजस्तो विषयको रंग बदल्यो। हामी कसैले पनि वास्तविक नागरिकलाई नागरिकता दिन हुँदैन भनेका छैनौं।’
उहाँले जन्मको आधारमा नागरिकता पाउने कुरा एकपटक हुने भन्दै पटक पटक नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘तर जन्मको आधारमा पाउने कुरा एक पटकमा एक पटक हुन्छ। कुनै पनि देशमा। या त राज्य गठन भएको अवस्थामा हुन्छ । त्यसबेला पहिलोपटक जारी गरेको कानुनका आधारमा हुन्छ। जन्मका आधारमा भन्ने हुँदैन।’
प्रतिक्रिया