अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश र धर्मनिरपेक्षता खारेजी माग राख्दै सडकमा प्रदर्शन गर्दै राप्रपा नेपाल

प्रदेश र धर्मनिरपेक्षता खारेजी माग राख्दै सडकमा प्रदर्शन गर्दै राप्रपा नेपाल


काठमाडौं – राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै राजधानीमा प्रदर्शन गरेका छन्।

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने मागसहित माइतीघर मण्डलबाट जुलुस निकालिएको छ।

माइतीघर मण्डलबाट शुरु भएको विरोध प्रदर्शन बानेश्वर पुगेको छ। युवक, विद्यार्थी, महिला, युवा मोर्चा, मजदुर, पूर्व प्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठन लगायत जनवर्गीय संगठन प्रदर्शनमा सहभागी छन्।