काठमाडौं – एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ। यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने बैंकले जनाएको छ।
यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन्।
यो योजना सीमित अवधिसम्म लागू हुने बैंकले जनाएको छ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रतिक्रिया