काठमाडौं – नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाउनु भएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा नागरिकता विधेयक ल्याउँदा छलकपट गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाउनु भएको हो ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान निर्माणताका प्रमुख राजनीतिक दलहरू र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमतिविपरीत विधेयक ल्याइएको छ । ठूला देशको बीचमा रहेको र भू–राजनीतिक अवस्थाको ख्याल नै नगरी कुनैपनि अवधि नै नराखेर नेपाललाई जनसंख्याको राजनीतिको दुष्चक्रमा पारिँदैछ ।’
प्रतिक्रिया