अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोड नगरपालिकाले फोहोरमैला बिर्सजन गर्ने कार्यदल गठन

बिर्तामोड नगरपालिकाले फोहोरमैला बिर्सजन गर्ने कार्यदल गठन


बिर्तामोड–बिर्तामोड नगरपालिकाले फोहोरमैला विर्सजन गर्ने स्थलको व्यवस्थापन गरी अल्पकालिन समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा वडा नम्बर–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल, वडा नम्बर–८ का वडाध्यक्ष अजय कार्की र वडा नम्बर–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग रहनु भएको छ ।
बैठकमा बोल्दै नगरप्रमुख प्रसाईले फोहोर व्यवस्थापनको समस्या विकराल हुनसक्ने भन्दै सबै एकजुट भएर व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो । बैठकले टोल विकास संस्था मार्फत सबै घरधनी र व्यवसायीलाई कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न र फाहोर संकलन गर्ने गाडी आएपछि मात्र फोहोर बाहिर निकालेर दिन आग्रह गर्ने निर्णय पनि गरेको छ ।
कार्यपालिकाको बैठकले बिर्तामोड नगरपालिकाको शिक्षा ऐन जारी नभएसम्मका लागि शिक्षकहरुको अन्र्तपालिका र अन्र्तजिल्लाको सरुवा रोक्ने निर्णय गरेको छ । शिक्षा ऐनको मस्यौदा तयार भएर छलफलको क्रममा रहेको र साउनको अन्तिमसम्ममा छलफल सकेर कार्यपालिकामा पेश गर्ने गरि काम भईरहेको प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनु भयो ।
यस्तै चालु आर्थिक वर्षबाट सञ्चालन गरिने नगरस्तरीय तथा वडा स्तरीय योजनाहरु ३ चरणमा विभाजन गरि योजनाहरुको लागत स्टिमेट तयार गर्ने, सम्झौता गर्ने र सम्झौता भएका सबै योजनाहरुको अन्तिम फरफारक बैशाख मसान्तसम्ममा सम्पन्न गर्ने गरी कार्य योजना बनाएर कार्यान्वयन गर्न कार्यालयलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।
बैठकले नगरपालिकाको निर्णय र क्रियाकलापहरुलाई सार्वजनिकिकरण गर्न वडा नम्बर १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेलाई प्रवक्ता तोकेको छ । वडाध्यक्ष पाण्डे यस अघिको कार्यकालमा पनि नगरको प्रवक्ता बन्नु भएको थियो ।