काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले प्रष्ट नीति र सिद्धान्तका साथ अघि बढेको पार्टी भएको बताउनुभएको छ ।
नेकपा एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानको शुक्रबार शुभारम्भ गर्दै प्रतिष्ठानले देशमा थप विभिन्न नीतिको अनुसन्धान गर्न सहयोग पुग्ने ओलीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै ओलीले नेपालमा दुई वटा नीति प्रकट भएको बताउनुभयो । एउटा समृद्ध नेपाल बनाउने नीति र अर्को देशलाई बरबाद गर्ने नीति देखा परेको ओलीले प्रष्ट पार्नुभयो ।
देशलाई कसरी सुदृढ गर्दै अघि बढ्ने भन्ने विषमा एमाले गम्भीर रहेको उहाँले बताउनुभयो । देशको सर्वोत्तम हित हुने नीति एमालेले अवलम्बन गरेको उहाँले जानकारी दिनुभयो । ‘हामीले बुझेर नै क्रियाकलाप गरेका छौँ’, ओलीले भन्नुभयो ।
ओलीले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति एमालेको भए पनि सरकारी उद्योग निजी क्षेत्रलाई कौडीको भाउमा भने नबेच्ने उहाँले प्रष्ट पार्नुभयो । केही निजी उद्योगलाई प्रश्रय दिएर बाँकीलाई सडकमा ल्याउने कुराको एमाले सधैँ विरुद्धमा रहेको उहाँले बताउनुभयो ।
अहिलेको बजेट भ्रष्ट बजेट भएको उहाँले दाबी गर्नुभयो । ‘फुटेज हटाउनु नै पर्याप्त छैन र, अझै ढाकछोप गरिरहने’, उहाँले भन्नुभयो ।
राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने गरी देशलाई अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रलाई आवश्यक पर्ने आधारभूत बस्नु आफैले उत्पादन गर्नुपर्नेमा ओलीले जोड दिनुभयो ।
आफ्नो पालामा सडक, विद्यालय, पुल, भवन लगायतका पूर्वाधार संरचना निर्माण गरेको उहाँले स्मरण गर्नुभयो । आफूले स्पष्ट दृष्टिकोणका साथ काम गरेको उहाँले बताउनुभयो । आफूले डिजिटल नेपालको परिकल्पना गरेको ओलीले प्रष्ट पार्नुभयो ।
उहाँले कृषि क्षेत्रमा अहिलेको भन्दा धेरै विकास गर्न सकिने बताउनुभयो । कृषियोग्य क्षेत्रमा उच्च प्रतिफल दिने बाली लगाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।





प्रतिक्रिया