अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयक संसदबाट बहुमतले पारित

नागरिकता विधेयक संसदबाट बहुमतले पारित


काठमाडौ -विदेशी बुहारी आउने वित्तिकै नागरिकता पाउने गरी संसदबाट नागरिकता विधेयक बहुमतले पारित भएको छ।
शुक्रबार बसेको संघीय प्रतिनिधिसभा बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको हो।

यसअघि राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि राखेको सात वर्षे प्रावधान बहुमतले अस्वीकृत भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले अस्वीकृत गरेका हुन्।

नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए।
तर सत्ता पक्षका सांसदले गृहमन्त्रीको जवाफ पछि आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए।