अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपाका संस्थापक पुष्पलालको आज ४५ औं स्मृति दिवश, ताम्सीपाखामा हुने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने

नेकपाका संस्थापक पुष्पलालको आज ४५ औं स्मृति दिवश, ताम्सीपाखामा हुने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने


काठमाडौ -आज साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस । पुष्पलालका योगदानलाई स्मरण र चीर स्थायी बनाउन विभिन्न कार्यक्रम गरी ४४औं स्मृति दिवस मनाइँदै छ ।
नेकपा एमालेले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम विहान ८ बजे हुने कार्यालय सचिव डा.भीष्म अधिकारीले वताउनुभयो ।
क.पुष्पलालको जन्म १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा भएको थियो भने २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा निधन भएको थियो ।
क. पुष्पलालले सन् १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तास्थित श्यामबजारमा आफ्ना सहकर्मीहरू निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठलाई साथमा लिएर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीकै निरन्तरताका रूपमा आज एमाले सशक्त र लोकप्रिय पार्टीका रूपमा देशभर स्थापित भएको छ । यसले एउटा राष्ट्रिय शक्तिको रूप ग्रहण गर्दै छ ।
क.पुष्पलालले ५४ बर्षको आफ्नो जीवनकालमा गर्नुभएको कठोर सङ्घर्ष, निष्ठापूर्ण राजनीति र इमानदार प्रयास आजको मजबुत कम्युनिस्ट आन्दोलनको आधारशीलाका रूपमा रहेको छ ।
क। पुष्पलालले दूरदर्शिता, त्याग र इमानका प्रतीकका रूपमा नेपालको राजनीतिमा अद्वितीय स्थान बनाउन सफल हुनुहुन्छ । नेपालमा कम्युनिस्ट विचारधारा भित्र्याउने, त्यसलाई संगठनका माध्यमबाट जनतामा लैजाने र परिवर्तन सम्भव छ भन्दै साहसका साथ काम सुरू गर्ने नेता भएकै कारण पुष्पलाल आजपर्यन्त हामी सबैका लागि आदर्श र प्रेरणाका स्रोतका रूपमा रहिरहनुभएको छ ।