अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१ सय ५० किलो गाँजा सहित बाराबाट २ जना पक्राउ

१ सय ५० किलो गाँजा सहित बाराबाट २ जना पक्राउ


महोत्तरी- सशस्त्र प्रहरीको टोलीले बाराबाट १सय ५० किलो प्रतिबन्धित गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार राती बा ५ ख ८०७५ नम्बरको ट्रकमा लुकाएर बाराको महागढीमाई नगरपालिक-(५ तेलगाई बाटो हुँदै सीमातर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
१५ किलोका दरले १० वटा प्लास्टिकका पोकामा प्याक गरिएको १५० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी मधेश प्रदेशका डीआईजी गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

गाँजासहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका(६ सानुलेख बस्ने २९ वर्षीय राजकुमार रुम्बा र ट्रकमा सवार भारतीय नागरिक मोतीहारी जिल्ला थाना संग्रामपुर ११ बस्ने श्यामलाल महतो रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई गाँजासहित कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।