बागमती प्रदेशस्तरीय यस प्रशिक्षण कार्यक्रमका अध्यक्ष महोदय। मञ्चमा आसीन वरिष्ठ उपाध्यक्ष लगायत कमरेडहरु, नेता कमरेडहरु, उपस्थित सबै कमरेडहरु !
आज देश खास परिस्थितिबाट गुज्रिरहेको अवस्थामा यस प्रशिक्षण कार्यक्रमको आयोजना भइराखेको छ। देश खास अवस्थाबाट गुज्रिरहेको छ भन्नुको अर्थ देशमा अत्यन्तै अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद, कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई बर्बादीतर्फ धकेल्दै लगेको, देशभित्र राजनीतिक सम्बन्धहरुलाई तनावग्रस्त र कटुतापूर्ण बनाउँदै लगेको, समाजलाई तनावतर्फ धकेल्दै लगेको, अन्तर्राष्ट्रिय सम्बन्धलाई असन्तुलित र अनुचित ढंगले खल्बल्याएको अवस्था छ । देशको भविष्य नै के होला भन्ने यस्तो गम्भीर अवस्थामा आफ्नो स्वार्थको पछाडि कुद्ने केही व्यक्ति वा जमात बाहेक यदि कसैले अलिकति पनि सोच्यो भने देश वास्तवमा मन थाम्न गाह्रो हुनेगरी बर्बादीतर्फ जाँदैछ । यस्तो अवस्थामा हामी छौं । यस्तो अवस्थामा यो प्रशिक्षण कार्यक्रम यहाँ भइरहेको छ ।
संघीय र प्रदेश निर्वाचन सार्ने खतरा छ
भर्खरै स्थानीय तहको निर्वाचन भएको छ । त्यसको परिणाम आइसकेको छ र त्यसलाई आधार बनाएर भ्रान्त धारणा फैलाउन खोजिएको छ । यस्तो अवस्थामा यो प्रशिक्षण कार्यक्रम आयोजना भइराखेको छ। अर्कातिर मंसीरमा संघीय संसदका लागि र प्रदेशसभाहरुका लागि आम निर्वाचन हुनु पर्नेछ । विभिन्न बाहना बनाएरसंविधानमाथि थिचोमिचो गरेर त्यो निर्वाचन पर सार्ने खतरा छ ।
हामीले स्थानीय तहको निर्वाचन पनि देख्यौं । फागुनमा कानून बमोजिम हुनुपर्ने निर्वाचन भएन र वैशाखको अन्तिममा मात्रै भयो। त्यो पनि नगर्ने र आगामी चैतमा मात्रै गर्ने भनेर गठबन्धनका नेताहरु बोलिरहेका थिए । ती असंवैधानिक सोच र क्रियाकलापका विरुद्ध हामीले गरेको राष्ट्रिय प्रयासले उनीहरुको त्यो दुष्प्रयास सफल भएन र ढिलो गरेर भए पनि वैशाख भित्र निर्वाचन गर्नु प¥यो । निर्वाचनमा मान्छे मारिदिने, काटिदिने, विपक्षी पार्टीका कार्यकर्तालाई कुटिदिने, थुनिदिने, मुद्दा लगाइदिनेदेखि अनेक प्रकारका दुष्कर्म गरियो । गठबन्धनको पक्षमा नलाग्ने वा रीस उठेका मान्छेहरुका विरुद्ध कहिले सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइदिने, कहिले अरुसंस्थाको दुरुपयोग गरेर दुःख दिने काम गरे । राज्यलाई कानूनसम्मत ढंगले थितिमा हिंडाउने गहन अभिभारा पूरा गर्नुपर्ने संस्थाहरु नै अपवित्र गठबन्धनका मतियार भएर चल्न बाध्य भए । हामीले यस्ता कुराहरुलाई रोक्नु पर्नेछ ।
पार्टीमा सामुहिक निर्णय कम हुने गरेको छ । व्यक्तिगत जिम्मेवारी बहन गर्नु पर्दछ तर व्यक्तिगत जिम्मेवारी बहन गर्न छोडिएको छ ।

राज्यका अंगहरुलाई दबाब दिएर जथाभावी दुरुपयोग गर्ने, दबाब अनुसार चलेन भने तिनलाई त्रसित र आतंकित पारेर वशीभूूत गर्ने र गलत ढंगले प्रयोग गर्ने कुरा उनीहरुले छोडेका छैनन् । अदालतबाट आफ्नो स्वार्थ अनुरुप फैसला गर्न, आफूले टार्न खोजेका मुद्दाहरु टार्न महाअभियोग लगाउने र त्यसलाई अनन्त कालसम्म अड्काएर राख्ने अनैतिक मर्यादाहीन काम उनीहरुले गरिरहेका छन् । राजनीतिका हरेक विषयमा मुद्दा हाल्ने र झगडीया तरिकाले राजनीति गरेर अहिलेको गठबन्धनले देशलाई नै झगडीया देश बनाइसक्यो । संवैधानिक प्रश्नहरुबारे निर्णय गर्ने मुद्दाबाट, सरकारबारे निर्णय गर्ने मुद्दाबाट, सरकार हटाउने मुद्दाबाट, सरकार बनाउने मुद्दाबाट, प्रधानमन्त्री हटाइने मुद्दाबाट, प्रधानमन्त्री छानिने मुद्दाबाट– यी यावत कुरा मुद्दाबाट भए । न्यायालय कब्जामा लिने र मुद्दामामिलाबाट राज्यका सम्पूर्ण अंगहरु चलाउने गर्दा कस्तो भयो होला देशको हालत ? यस देशमा कानुन बाहेक अरु विषयको पढाइ पनि बन्द गरे हुने जस्तो भयो । यस गठबन्धनले देशलाई त्यस अवस्थामा पु¥याउन लागिसक्यो । यी सबै कुराको समाधान समयमा निर्वाचन गराउनु हो । हामीले समयमा निर्वाचन गराउनु पर्दछ ।
समयमा निर्वाचन गराएर त्यस निर्वाचनको परिणामबाट साँचो अर्थमा देशभक्त सरकार, राष्ट्रवादी सरकार, देशका निम्ति काम गर्ने सरकार र लोकतन्त्रका निम्ति काम गर्ने सरकार बनाउनु पर्छ । लोकतन्त्रको रक्षा, सम्वद्र्धन, विकास गर्न र साँचो अर्थमा लोकतान्त्रिक अभ्यासमा मुलुकलाई फर्काउन हामीले आगामी निर्वाचनमा सार्थक भूमिका खेल्नु पर्छ । लोकतन्त्र आफैंमा अभ्यास मात्रै होइन, लोकतन्त्र गन्तव्य मात्रै पनि होइन । लोकतन्त्र आफैंमा एक खालको गन्तव्य हुनसक्छ, तर त्यो साध्य होइन, साधनको रुपमा लोकतन्त्रलाई देश र जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्छ । लोकतन्त्रलाई साधन बनाएर राष्ट्रियताको रक्षा, सम्वद्र्धन र विकास, देशको स्वाधीनता र स्वतन्त्रताको रक्षा तथा वास्तविक अर्थमा कार्यन्वयन गर्ने काम हामीले गरेका छौं । लोकतन्त्रको मूल्यमान्यता सहित संविधानको रक्षा र कार्यान्वयन, राज्यका अंगहरुको प्रभावकारिता, स्वच्छता र क्रियाशीलताको बाटो हामीले अवलम्बन ग¥यौं ।राज्यलाईलोककल्याणको अवधारणामा समाजप्रति उत्तरदायी, सामाजिक सुरक्षाप्रतिअत्यन्तै सजग र पछाडि परेको समुदायलाई समान हैसियतमा अगाडि बढाउने प्रभावकारी नीति, कार्यक्रम र अभ्यास हामीले अवलम्बन ग¥यौं। यी काम गर्दै समाजमा शान्ति सुव्यवस्था, सामाजिक सद्भाव, सद्भावमा आधारित राष्ट्रिय एकता र एकताबद्ध प्रयासबाट आर्थिक विकास गर्ने बाटोमा हामीले मुलुकलाई अग्रसर गरायौं । आर्थिक विकासमा पनि भौतिक पूर्वाधारर समाजिक पूर्वाधारको विकासलाई हामीले समान रुपमा जोड दियौं ।हाम्रो अर्थतन्त्रका समग्र क्षेत्रहरु कृषि, उद्योग, व्यापार वाणिज्य, पर्यटन, सेवाका क्षेत्रहरु, शिक्षा र स्वास्थ्यतर्फका क्षेत्रहरुको विकासमा ध्यान दिएर देशको अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोक्यौं।
श्रीमती र साला अघि सार्ने सरकार
अर्थतन्त्रलाई बिग्रिने र असफल हुने स्थितिबाट रोकेर सकारात्मक दिशातर्फ फर्काउने सोच र चिन्तन भएको सरकार हटाएर श्रीमती अघि सार्ने, साला अघि सार्ने, आफन्त अघि सार्ने र केही पार्टीका नाममा केही व्यक्तिहरुको लुटको राज बनाउने सरकार बनाइयो । अब यस्तो खालको अवस्थाबाट देशलाई मुक्ति दिनु जरुरी छ । देशले समृद्धिको, विकासको, लोकतान्त्रिक अभ्यासको जुन लय समातेको थियो, वैदेशिक नीति, परराष्ट्र मामिला, परराष्ट्र सम्बन्धमा जुन लय समातेको थियो, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जुन सफलता हासिल गर्दै अगाडि बढेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने बाटोमा लान सक्नेसरकारको गठन आगामी आम निर्वाचनबाट गर्नु पर्नेछ । यस्तो परिस्थितिमा यी गहन र महान् उद्देश्य प्राप्त गर्नेगरी हामी अगाडि बढ्नु पर्नेछ ।
देशमा मंसीरमा चुनाव गराउनु पर्दछ, यो संवैधानिक प्रश्न हो । हामीले यसलाई तलमाथि हुन दिनु हुँदैन । आज दैनिक भ्रष्टाचारका घटनाहरु भइरहेका छन्, बेथिति बढिरहेका छन् । यसका विरुद्ध हामीले संघर्ष गर्नु पर्नेछ । सरकारले जनतालाई पीडा दिइराखेको छ । सरकार दमनकारी ढंगले ओर्लिइराखेको छ। त्यसलाई अन्त्य गर्नुपर्नेछ । हामीले यसरी बीचमा यी कामहरु पनि गर्दै जानु पर्नेछ। राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सामाजिक जागरण र सुव्यवस्थाकाप्रश्नहरु, विकासका प्रश्नहरु, सुशासनका प्रश्नहरुलाई र बाह्य सम्बन्धका प्रश्नहरुलाई पनि सन्तुलित र उपयुक्त ढंगले अगाडि बढाएर राष्ट्रिय हित र सम्वद्र्धन गर्न नेकपा (एमाले)ले मात्र सक्छ। यी सबै काम गर्ने एमालेको सरकारले हो । आगामी निर्वाचनमा एमालेको सरकार गठन गर्न हामीले सक्नु पर्दछ । यस्तो अवस्थामा यो प्रशिक्षण कार्यक्रमको आयोजना भएको छ । सातैवटा प्रदेशमा यस प्रकारका कार्यक्रम आयोजना भइराखेका छन् । यहाँ आज राजधानी समेत रहेको बागमती प्रदेशमा यो प्रशिक्षण कार्यक्रम आयोजना भएको छ।
पुँजीवाद र मजदुर वर्ग
गएको स्थानीय निर्वाचनको परिणाम मुलुकका लागि जस्तो हुनु पर्ने थियो, त्यस्तो भएन । कसको कारणले भन्दा हाम्रो आफ्नै कारणले भएन । म कमरेडहरुलाई इमानदार भएर सोच्न आग्रह गर्न चाहन्छु । हामीले कति इमानदारिताका साथ, कति आपूmलाई काममा केन्द्रित गरेर सोच्यौं र व्यवहार ग¥यौं ? हामीले सोच्न जरुरी छ । हामी सामान्य नागरिक मात्रै होइनौं । सामान्य नागरिकका आफ्ना जीविकाका सवालहरु हुन्छन् । आफ्ना जीविकाका सवालमामानिस सीमित भएको हुनसक्छ, परिवारको सवालमा सीमित भएको हुनसक्छ । आफ्नो पारिवारिक उन्नति प्रगतिमा सीमित भएको हुनसक्छ । तर हामी त्यो भन्दा बढी देशको परिवर्तन र रुपान्तरणप्रति प्रतिबद्ध छौं । समृद्ध नेपाल सुखी नेपाली आफैं बन्दैन, हामीले बनाउनु पर्छ । त्यस उद्देश्यप्रति हामी समर्पित छौं । त्यसो भएको हुनाले आम मानिसको भन्दा हाम्रो फरक र पृथक जिम्मेवारी छ । त्यो जिम्मेवारी पूरा गर्न हामीसँग त्यो प्रतिवद्धता चाहिन्छ । त्यो जिम्मेवारी पूरा गर्न हामीसँग अनुशासन चाहिन्छ, इमानदारिता चाहिन्छ र संकल्प चाहिन्छ । त्यस उद्देश्य प्राप्तिका लागि यो प्रशिक्षण कार्यक्रमको आयोजना भएको छ ।

साधारणतया पार्टी स्कूलले नियमित रुपमाप्रशिक्षण सञ्चालन गर्दछ । पार्टी स्कूल र प्रशिक्षण कार्यक्रमको लामै इतिहास छ । खासगरी अग्रगामी परिवर्तन जसले गर्नु पर्दछ–उसले, जसले विकास गर्नु पर्दछ– उसले, जो नवीनताका साथ अगाडि बढ्नु पर्दछ– उसले, जसले समाजमा परिवर्तन र रुपान्तरण साकार पार्नुछ, समाजलाई अगाडि बढाउनु पर्नेछ– उसले आम जनतालाई सचेत गर्नु पर्नेछ, संगठित गर्नुपर्नेछ । त्यो सचेत र संगठित समुदायलाई जसले विधिसम्मत उपयुक्त ढंगले सञ्चालन र परिचालन गर्नु पर्नेछ उसका निम्ति प्रशिक्षण, तालिम, अभिमुखिकरण जस्ता कुराहरु आवश्यक हुन्छन् । यो तीनवटै कुराको अर्थ फरक छ । शिक्षा, तालिम, प्रशिक्षण, अभिमुखिकरण यी फरक फरक कुराहरु हुन् । आज हामी अलिकति अभिमुखिकरण, अलिकति तालिम गरिरहेका छौं, यो मिश्रित कार्यक्रम भइराखेको छ । अरु विषयगत प्रस्तुतिहरुमा बुँदागत ढंगले प्रशिक्षकहरुले यहाँहरुसमक्ष विषय राख्नु हुनेछ ।
मविषयगत ढंगले र बुँदागत ढंगले यहाँहरुसँग प्रस्तुत हुन लागिराखेको छैन। म अभिमुखिकरणको हिसाबले हामी कहाँनिर छौं र अब कता जाने र के गर्नु पर्दछ भन्नेबारे मात्रै केही कुरा राख्छु ।
एक ढंगले भन्ने हो भने प्रशिक्षण व्यवस्थापनसँग सम्बन्धित कुरा पनि हो । लामो समयदेखि आधुनिक व्यवस्थापनका सम्बन्धमा विचारहरु बनाउने र व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा चिन्तन भएका छन् ।
मूल रुपमा भन्ने हो भने १८ औं शताब्दीमा आधुनिक पुँजीवादका हेडसर, आधुनिक पुँजीवादका मूल पुरोहित एडम स्मिथले १७७६ मा मोर्डन म्यानेजमेन्टको सम्बन्धमा एउटा पुस्तक लेखे । डिभिजन अफ लेवरदेखि, डिभिजन अफ वर्कदेखि मोर्डन म्यानेजमेन्टका अनेक सिद्धान्तहरु उनले अगाडि सारे ।
त्यसपछि रिचार्ड बाबेज भन्ने अर्का विद्वानले १८३० मा अर्को पुस्तक लेखे । एडम स्मिथले लेखेको ग्रन्थभन्दा अझ बढी व्याख्यात्मक ढंगले त्यस पुस्तकलाई एडम स्मिथका कुराहरु समेत समेटेर अझ आधुनिक बनाइएको थियो । त्यो पुस्तक अर्को एउटा कोशेढुंगाको रुपमा रहेको छ । त्यसपछि अल्वर्ट भन्ने अर्का विद्वानले अर्काे पुस्तक लेखे । यसरी थुप्रै विद्वानहरुले पुँजीवाद के हो, पुँजीवाद किन आवश्यक छ, पुँजीवाद किन श्रेष्ठ छ, यो किन श्रेष्ठ सिद्धान्त हो भन्ने प्रश्नहरुको उनीहरुले व्याख्या गरे । यसलाई नाफाको रउत्प्रेरक सिद्धान्त हो भन्ने व्याख्या उनीहरुले गरे । पुँजीवादको त्यो सिद्धान्तलाई कसरी जीवित राख्न सकिन्छ, कसरी पुँजीवादको सिद्धान्तलाई प्रभावकारी बनाउन सकिन्छ भन्नेमा उनीहरुले जोड दिए । पुँजीवादको जन्मसँगै मजदुर वर्ग जन्मियो । त्यो मजदुरवर्गमा असन्तुष्टि जन्मियो । यिनै विद्वानहरुको व्यवस्थापनको सिद्धान्तका आधारमा पुँजीवादले नाफामूलक र बजारमुखी अर्थतन्त्र विकास गर्दै गयो । यिनीहरुले आफ्नो सिद्धान्तमा अर्को कुरा के भने भन्दा शोषण मात्रैलाई ध्यानमा राख्यौं भने यो प्रणाली ध्वस्त हुन्छ । विद्रोहको अगाडि यो टिक्दैन । त्यसकारण शोषण मात्रै होइन, यसको आधुनिक व्याख्या गर, यसलाई फरक ढंगले व्यवस्थापन गर र अब मानवतावादी ढंगले व्यवस्था गरभन्न थाले ।
वडा कमिटी ३९ जनाको छ । तर वडाको चुनावमा अस्ति२४ वटा भोट आयो । हामीलाई पार्टी सदस्य हुँ भन्न लाज हुनुपर्छ कि पर्दैन ? यो भन्दा बेइमानी केही हुन्छ ?
मानव एउटा सामाजिक प्राणी हो, त्यसैले उनीहरुले यो सिद्धान्त निकाले । यसलाई त्यही ढंगले विचार गर रयसलाई प्रोत्साहित गर भन्न थाले । असाधारण ढंगको असैह्य जीवनबाट अलिक सैह्य र बाँच्न सक्ने खालको जीवन बनाउभन्न थाले । यस्ता अनेक कुराहरुले मजदुर आन्दोलनहरु संगठन जन्म भएको सन्दर्भमा पुरानो इतिहास छ । कमसेकम शासक समुदायले दास मालिकहरु होउन् वा सामन्तहरु होउन् वा जो शासनमा छन्, जो सम्पत्तिका मालिक छन्, उनीहरुले शासनको व्यवस्थापन र सम्पत्तिको व्यवस्थान कसरी गर्नु पर्छ भन्ने चिन्तन पनि गरे । सोही अनुकूलका बाटाहरु निकाले, तरिकाहरु निकाले र दास प्रणालीबाट सामन्ती प्रणालीतर्फ विकास गरे । त्यहाँ पनि प्रणालीको कुरा आयो, त्यहाँ पनि व्यवस्थापनको कुरा आयो । त्यो सामन्ती प्रणाली फेरि पुँजीवादी प्रणालीमा विकास भयो । ठूलाहरुका लागि त्यो पुँजीवादी प्रणाली पनि कामय राख्नु प¥यो, उत्पादन पनि बढाउनु प¥यो, उत्पादकत्व पनि बढाउनु प¥यो, असन्तुष्टिपनि घटाउनु प¥यो । मजदुरहरुलाई सकेसम्म कसरी विद्रोहमा जान नदिने, कसरी सन्तुष्ट राख्ने, त्यो काम गर्नु प¥यो ।चेन अफ कमाण्डमाराख्ने सबै प्रणालीहरु एडम स्मिथदेखि यता पुँजीवादको व्यवस्थापनको मोडर्न सिद्धान्त आयो । सबै भन्दा पहिले त एडम स्मिथले पुँजीवादको व्याख्या सुरु गरे, त्यस प्रणालीको उत्कृष्टताको वकालत गरे । त्यसैगरी कसरी प्रणाली व्यवस्थापन गर्ने, उद्योगहरु कसरी व्यवस्थापन गर्ने र मालिक र मजदुरहरुको सम्बन्धलाई कसरी व्यवस्थापनगर्ने र असन्तुष्टि विस्फोट हुन नदिने भन्ने विषयमा व्यवस्थापनका सिद्धान्तहरु आए ।यी भए पुँजीवादका व्यवस्थापनका सिद्धान्त । यो सँगसँगै मजदुर वर्ग, श्रमिक वर्गले पनि बुझ्दै गयो र जो पीडित वर्ग छ, त्यस पीडित वर्गले पनि बुझ्दै गयो।
२०९२ वर्ष अघिको स्पार्टाकस विद्रोह
मैले पहिले पहिले पनि भन्ने गरेको छु– इसापूर्व ७० मा स्पार्टाकस विद्रोहमा दमन भएको थियो । इसापूर्व ७० भनेको अहिले भन्दा २०९२ वर्ष अगाडिको समय हो ।संगठनको बल, संगठन के हो, संगठन किन आवश्यक छ भन्ने कुरा त्यो स्पार्टाकस विद्रोहले बोध गरायो । शासकहरुले एकजुट भएर, संगठित भएर शासन गरे । दासहरुको ठूलो संख्या छ तर थोरै दास मालिकहरुले उनीहरुलाई कजाए । थोरै मालिकहरु दासहरुको शासक कसरी भए भन्दा उनीहरुले संगठन गरे, सेना बनाए । त्यो संगठित शक्ति र सकेसम्म तालिम प्राप्त, सकेसम्म एउटा मिलिट्रि संगठन, चेन अफ कमाण्ड र आदेशमा चल्ने बनाएर उनीहरुले राज्यलाई चलाए। स्पार्टाकसले हामी पनि संगठित भएर गएपछि यत्रो ठूलो संख्याले किन सक्दैनौं भन्ने बुझे । तर तिनीहरुसँग हतियार थिएन, कमजोर थिए ।संख्या थियो, यिनीहरु लडाकु थिए । केही महिनासम्म ठूलो संघर्ष भयो । त्यसपछि उनीहरुको संघर्ष पराजित भयो । अथवा इतिहासमा स्पार्टाकस धेरै महत्वपूर्ण, धेरै ठूलो प्रतिरोध संघर्ष संगठित गरेर परिचालन गरेको देखिन्छ । इसापूर्व ७०, अर्थात् अहिले भन्दा २०९२ वर्ष दमित भएको त्यो आन्दोलनले समानताको हक प्राप्तिका निम्ति उद्देश्यमा संगठित भएको संगठित र सशक्त जमात आवश्यक छ भन्ने बुझेको देखिन्छ । त्यसले संघर्ष गर्न आवश्यक छ अनि मात्रै उसले केही प्राप्त गर्न सक्छ भन्ने कुरा बुझेको देखिन्छ । तर त्यसलाई दबाइएपछि पुँजीवादी शक्तिहरुले दास विद्रोह हुन नपाओस् भनेर अझ नयाँ नयाँ तरिकाहरु अपनाए । त्यसका निम्ति दासलाई मोहीमा परिणत गर्ने अनेकौं प्रयासहरु गरे । जमिनमा काम लगाउने र दासलाई मोहीमा परिणत गर्ने उपाय उनीहरुले निकाले । त्यसले श्रमिकलाई जमिनमा काम लगाउने सामन्ती युगको सुरुवात ग¥यो । त्यसमा पनि उही संगठित शक्तिले असंगठित किसानहरु र रैतीहरुलाई दबाउने काम भयो । त्यसबेला खेतमा काम गर्ने मोहीहरुलाई जागिर भन्ने चलन थियो । जागिर पायो भने खेत पायो भन्ने हुन्थ्यो । जागिर शब्द सायद त्यसै बेलादेखि सुरु भएको होला । यसरी यो अभ्यास हुँदै आयो ।

तालिम हैन प्रशिक्षण
मैले अघि भनेँ– एकातिर यो संघर्ष र अर्कातिर संघर्षलाई दबाउने इन्डष्ट्रियल म्यानेजमेन्ट र स्टेट म्यानेजमेन्ट । जहाँ पनि व्यवस्थापनको कुरा आउँछ । व्यवस्थापनका लागि जुन ठाउँको व्यवस्थापन गर्ने हो, के चिजको व्यवस्थापन गर्नुछ, त्यस अनुसारको त्यहाँ शिक्षा, तालिम, प्रशिक्षण र अभिमुखिकरण आवश्यक हुन्छ । कहाँकुन बढी आवश्यक हुन्छ भन्दा सैन्य संगठन छ भने बढी तालिम, शिक्षा आवश्यक हुन्छ । प्राविधिक केही छ भने उसमा शिक्षा र प्रशिक्षणको बढी आवश्यकता हुन्छ र केही तालिमको आवश्यकता हुन्छ । यदि प्रशासन चलाउनु छ भने प्रशासनिक शिक्षा र तालिम आवश्यक हुन्छ । राजनीतिक संस्था छ भने त्यसका उद्देश्य अनुसार नै त्यहाँ शिक्षा र प्रशिक्षण आवश्यक हुन्छ । तालिम भन्दा प्रशिक्षणको आवश्यकता हुन्छ । त्यसकारण हामी अहिले किन तालिम चलाइराखेका छैनौं भने हामीले कुनै सैन्य संगठन बनाइराखेका छैनौं । हामी सैन्य ढंगले चलिराखेका छैनौं, पार्टी संगठनलाई सैन्य ढंगले चलाइराखेका छैनौं । त्यसकारण हामी अहिले तालिम दिइराखेका छैनौं । तालिम प्राविधिक विषयमा दिइन्छ,सैन्यमा मात्रै होइन ।अरु पनि प्राविधिक विषयमा तालिम दिइन्छ र त्यसलाई तालिम कक्षाहरु भनिन्छ। राजनीतिक कक्षा, तालिम कक्षा, अभिमुखिकरण र अरुविभिन्न कक्षाहरु हुने गर्छन् । आज हामीले गर्न खोजेको राजनीतिक प्रशिक्षण हो ।
यसलाई एक ढंगले तालिम नै भन्दा हुन्छ, तर राजनीतिक तालिम ।यो सैन्य अथवा प्राविधिक तालिम होइन । यो विचारधारात्मक र संस्थागत तालिम हो । प्रणालीगत, विभिन्न स्टेट क्राफ्ट सम्बन्धी, औधोगिक व्यवस्थापन अथवा कम्पनी व्यवस्थापन रसामाजिक व्यवस्थापन सम्बन्धी विभिन्न प्रकारका व्यवस्थापनका सिद्धान्त आए । व्यवस्थापनका लागि शिक्षा, अभिमुखिकरण आदि चाहियो। त्यसकानिम्ति तालिम चाहियो । यी सबै कुराका लागि बेग्लाबेग्लै विषयका, अनुकूल र उपयुक्त प्रशिक्षहरु चाहिए ।
पेरिस कम्युनको समयसम्म अथवा १८३० को अगाडि मैले रिचर्ड बाबेजको कुरा गरेँ, उनको समयसम्ममा पनि मजदुर आन्दोलनका क्रममाआशंका र केही छिटपुट असन्तुष्टि देखिएका थिए तर संगठित विद्रोहको रुप लिएको थिएन । १८३१ मा फ्रान्सको लियो भन्ने ठाउँमा मजदुरहरुको संगठित विद्रोह देखियो र अलिक तोडफोडकारी ढंगले त्यो विद्रोह भयो । त्यसपछि पुँजीवादीहरुले नयाँ ढंगले व्यवस्थापनका अझ फराकिला र अझ उदार खालका तरिकाहरु अबलम्वन गरेर ती असन्तुष्टिहरुलाई व्यवस्थापन गरे । जसले विस्फोटतर्फ जान दिएन, विस्फोटनलाई रोक्यो । त्यसपछि१९औं शताब्दीको चौथो दशकको चार्टिस्ट मुभमेन्ट भयो । १९औं शताब्दीको चौथो दशकको (१८३१) चार्चिष्ट मुभमेन्टबाट श्रमजीवि वर्गको र मजदुरहरुको संगठित विद्रोहको एउटा नयाँ युग सुरु हुन्छ ।चार्टिस्ट आन्दोलन आफ्नो ठाउँमा अलग प्रकारको छ तर फेरि चार्टिस्ट आन्दोलनले समाजमा एउटा खलबली पैदा गरिदिएको छ । त्यसपछि १८४८ मा माक्र्स एंगेल्सद्वारा कम्युनिष्ट घोषणा पत्र जारी हुन्छ । त्यसपछि १८४८–५२ का ठूला ठूला विद्रोह हुन्छन् । १८७१ मा पुग्दा पेरिस कम्युन स्थापना हुन्छ । यद्यपि त्यो स्वतस्पूmर्त किसिमको थियो । त्यो राष्ट्रियताको आन्दोलनको सन्दर्भमा पेरिस बचाउ, फ्रान्स बचाउ भन्ने अभियानमा केन्द्रित थियो । त्यो स्वतस्फूर्त खालको थियो । तर त्यसले दुनियाँमा एउटा नयाँ सन्देश प्रवाह ग¥यो कि सर्वसाधरण श्रमिक वर्गले, खासगरी मजदुर वर्गले महिला र पुरुषहरुले सत्ता नै कब्जा गर्न सक्दा रहेछन् । ७२ दिनसम्म उनीहरुले सत्ता टिकाए । तर त्यो सधैँ टिक्न सम्भव थिएन । किनभने त्यो सुविचारित, संगठित थिएन। त्यसमा कोही अभ्यस्त थिएन, कसैमा व्यवस्थापन सम्बन्धी ज्ञान पनि थिएन ।स्वतस्पूmर्तआन्दोलन७२ दिनसम्म कता जाउँ, के गरौं भन्ने अवस्था र अनुभवहीनतामा पनि टिक्नु एउटा महत्वपूर्ण कुरा हो पेरिस कम्युनको असफलताले श्रमजीवि वर्गका आन्दोलनहरुलाई के सिकायो भने अब विचार र प्रभावले मात्रै हुँदो रहेनछ, संगठित, सुगठित र व्यवस्थित हुनु पर्दाे रहेछ । व्यवस्थित भनेपछि व्यवस्थापनको कुरा आयो । व्यवस्थितपन हुनुपर्ने रहेछ भन्ने जुन कुरा देखायो, त्यसले व्यवस्थापनको आवश्यकता पुष्टि ग¥यो ।
यसपछि राजनीतिक पार्टीहरु र खासगरी श्रमजीवि वर्गीय राजनीतिक पार्टीहरुले विचार र उद्देश्यमा केन्द्रित भएर संगठित ढंगले अगाडि बढ्नु पर्ने रहेछ र आइपरेका समस्याहरुलाई व्यवस्थापन गर्नु पर्ने रहेछ भन्ने कुराहरु आए । त्यसपछि १९०३ मा रुसमा बनेको कम्युनिष्ट सोसलिस्ट पार्टीले संगठनात्मक सिद्धान्तको विकास ग¥यो । लेनिनको अगुवाइमा संगठनात्मक सिद्धान्तहरुविकास भए। १८७६ मा एडम स्मिथले पुँजीवादर पुँजीवादको उत्पादित क्षेत्रलाई कसरी व्यवस्थित गर्नु पर्छ, पुँजीवादको गर्भनेन्स प्रणालीलाई कसरी व्यवस्थित गर्नु पर्छ भन्नेदेखि लिएर औधोगिक व्यवस्थापन कसरी गर्ने, कसरी कम्पनीलाई व्यवस्थितगर्ने भन्ने कुरामा केन्द्रित भएर लेखे । तर यो कुरा त्यतिमा मात्रै सिमित थिएन, त्यो गर्भनेन्ससँग पनि सम्बन्धित थियो। त्यहाँदेखिका सिद्धान्तहरु र विभिन्न समयका अनुभवहरुलाई संश्लेषण गरेर लेनिनले संगठनात्मक सिद्धान्तको विकास गरे। आज हामी त्यसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भन्छौं । मोटो रुपमा भन्ने हो भने अहिलेसम्म प्राप्त भएका सिद्धान्तहरुमालेनिनवादी संगठनात्मक सिद्धान्त भन्दा व्यवस्थित र उत्कृष्ट अर्को सिद्धान्त, त्यसको संशोधनमा, त्यसको परिमार्जनमा पनि, त्यसको विकासक्रममा पनि अहिलेसम्म त्यसरी सैद्धान्तिक तवरमा विकास भएको छैन । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन । जसले गर्दा पटक पटक आन्दोलनमा असफलता हात लागेको छ । जोसँग उन्नतस्तरीय संगठनात्मक सिद्धान्त छ, जोसँग उन्नतस्तरीय व्यवस्थापन सिद्धान्त छ, जोसँग उन्नत व्यवस्थापनको सिद्धान्त छ, उ व्यवस्थापनमा असफल भएको छ ।

सबभन्दा बढी व्यवस्थापनको सिद्धान्त कम्यूनिष्टसँग तर भतांभुँग पनि कम्यूनिष्ट
म प्रशिक्षक साथीहरुलाई आग्रह गर्न चाहन्छु,–यसमा खोजी गर्न जरुरी छ । सबै भन्दा बढी व्यवस्थापनको सिद्धान्त बामपन्थीहरुसँग हुने, कम्युनिष्टहरुसँग हुने, लेनिनिष्टहरुसँग हुने, तर लेनिनवादीहरुको चाहिँ व्यवस्थापन भताभुङ्ग हुने । अनि यसले असफलताका एउटा एउटा कहानी फेरि सुरु हुन्छ । आज तपाईंहरुले अखवारहरुमा, सञ्चार माध्यमहरुमा एकताको फेरि एउटा अभियानबारे सुन्नु भएको होला । फेरि अर्को फुटका लागि फेरि एकताको अभियान सुरु भएको छ। त्यो जुट्नका लागि होइन, अर्को फुटका लागि हो । जोसँग उन्नत विचार छ, उन्नत सिद्धान्त छ, उही त्यसमा असफल हुन्छ । यसका पछाडिको कारण हामीले बुझ्नु जरुरी छ । हामीले के हो कम्युनिष्ट, के हो बामपन्थ भन्ने कुरा बुझ्न जरुरी छ र यस कुराप्रति सजग हुन जरुरी छ । सैद्धान्तिक पूर्वाग्रह राख्ने मान्छेहरुले के बोल्छन्, के भन्छन् अथवा नबुझेर त्यस सिद्धान्तका नाममा कसले के गलत प्रयोग ग¥यो, त्यो बेग्लै कुरा हो । तर हामीले निसन्देह धक फुकाएर भन्नु पर्दछ–सिद्धान्तका नाम लिएर परिचय दिनेसबैलाई बामपन्थी र कम्युनिष्ट भन्न सकिंदैन, भन्न मिल्दैन । संसारमा मान्छे पनि भन्न नसुहाउने आमा मार्नेहरु, बाबु मार्नेहरु, श्रीमती मार्नेहरु, छोराछोरी मार्नेहरु पनि देखिएका छन् । निर्दोष मान्छेहरुको आमहत्या गर्ने पनि देखिएका छन् । तर तिनलाई हेरेर मानव जातिलाई खराव भन्न मिल्छ र ? ती अपवाद हुन् । कसैले माक्र्सवादका नाममा वितण्डा गर्नु भनेको छ र ? माक्र्सवादले त वर्गीय समाजको कुरा गरेको छ, शोषणका बारेमा बताएको छ, शोषण हुनुहुँदैन भनेको छ । एउटा मान्छेबाट अर्को मान्छे शोषित हुने स्थिति, दमित हुने स्थिति, शासित हुने स्थिति हुनु हुँदैन र कोही शासक र कोही शासित हुने स्थिति हुनु हुँदैन भनेको छ । सरकार भनेको शासक होइन, सरकारलाई शासक ठान्ने अथवा सरकारमा पुगेपछि आपूmलाई शासक ठान्ने प्रवृत्ति लोकतान्त्रिक प्रवृत्ति होइन । झन् यो जनवादी प्रवृत्ति त हुनै सक्दैन । शासन समाजलाई सुव्यवस्थितगर्ने संयन्त्र र विधिको नाम हो। यसको संरचनागत पक्ष छ, विधिगत पक्ष छ ।
त्यसकारण यो कस्तो संरचनामार्फत, कस्तो विधिमार्फत देशको भलो, जनताको भलो, जनताको उन्नति, समाजमा शान्ति, सुव्यवस्था, न्यायर कानूनको राज कसरी बनाउन सकिन्छ भन्ने कुरा हो । नपढेका, नबुझेकाहरुले माक्र्सको दार्शनिक पक्षलाई स्वीकार गर्न नसक्लान्, त्यो बेग्लै कुरा हो ।माक्र्सको दार्शनिक पक्षलाई आइन्स्टाइनले पनि खण्डन गर्न सकेनन्, गरेनन् । भगवानको बारेमा के भन्नु हुन्छ भन्ने प्रश्नमा आइन्स्टाइनले यतिसम्म भने– ईश्वरको बारेमा मलाई त्यति जानकारी छैन, यदि ईश्वर छन् भने सबैभन्दा न्यायपूर्ण समाजको परिकल्पना गर्छन् होला । त्यसो हो भने ईश्वर भनेको कार्लमाक्र्स होला ।सायद सबै भन्दा न्यायोचित समाजको परिकल्पना गर्ने नै भगवान हुन्छ होला, त्यसो हुँदा कार्लमाक्र्स नै ईश्वर हुनसक्छन् भने । अथवा माक्र्सवादी दर्शनलाई सर्वश्रेष्ठ वैज्ञानिकले दार्शनिक हिसाबले खण्डन गर्न सकेका छैनन्। द्वन्द्वात्मक हिसाबले कसैले खण्डन गर्न सकेका छैनन् । ऐतिहासिक भौतिकवादी हिसाबले डार्विनको विकासवादी सिद्धान्त आफ्नो ठाउँमा छ । डार्विनको विकासवादी सिद्धान्त अस्वीकार गर्न सकिँदैन । तर हरेक चिजमा विकासवादी सिद्धान्त लागू हुन्छ भन्न सकिँदैन । प्राणीको सन्दर्भमा, जीवको सन्दर्भमा अथवा खासगरी मानव जाति र मानव जातिको विकासको सन्दर्भमा डार्विनले जे भनेका छन्, त्यो विकासवादी सिद्धान्त लागू पनि हुन्छ तर बाँदरबाट मान्छे बन्यो जस्तो कुरा चाहिँ नहुन पनि सक्छ। आजका बाँदर कहिले मान्छे होलान् ?त्यो सम्भव छैन । उहिले बाँदरबाट नै मान्छे भएका हुन् त भन्दा त्यो पनि सम्भव देखिँदैन । त्यो आफ्नो ठाउँमा छ । यसले डार्विनको विकासवादी सिद्धान्तको खण्डन गर्दैन र विकासवादी सिद्धान्त सही छैन भन्ने पनि होइन । तर त्यो सिद्धान्त सबैतिर लागू हुन्छ भन्ने कुरा पनि भन्न सकिँदैन । यस सम्बन्धमा अझ अध्ययन र छलफल आवश्यक छ । कुनै निष्कर्ष निकाल्नु हतारो हुन्छ । यस सन्दर्भमा अनेक वैज्ञानिक खोज, अध्ययन, अनुसन्धानहरु भइराखेकाछन् । त्यसमध्ये हामी आफ्नो व्यक्तिगत विश्लेषण गर्न सक्छौं र दृष्टिकोण राख्न सक्छौं ।
म वाद कि हामी वाद ?
अरु विभिन्न सिद्धान्तहरु छन् ।त्यसमध्ये समाजको परिवर्तन र विकास सम्बन्धी माक्र्सवादी सिद्धान्तले आदिम साम्यवादभन्दा अगाडि जंगली युगमा मान्छे थियो, तर बाँदर होइन पछौंटे अवस्थामा थियो भन्छ । जंगली अवस्थामा मान्छे थियो, तर उ बाँदर थिएन । जंगली अवस्था, त्यसपछि पशुपालकआदि हुँदै दास युग, सामन्ती युग, पुँजीवादी युग र अब पुँजीवाद र समाजवादकोसंक्रमणको युगमा आइपुगेको छ । वैयक्तिक स्वार्थ केन्द्रित प्रवृत्ति र प्रणाली मानवीय प्रवृत्ति हो । समग्र मानवीय सोच र मानव जातिको प्रवृत्तिलाई न्यायोचित र समतामुखी बनाउने अभियानमा हामी छौं । हामीसँग यति उर्वर धर्ती छ । यस धर्तीमा न्यायोचित थिति, विधि, प्रणाली, उत्पादन र उत्पादनका सम्बन्धहरु, तिनीहरु माथिको पहुँच र उपलब्धि माथिको पहुँच यथोचित ढंगले कायम गर्ने हो भने मानव समाज सुन्दर र सुखी हुनसक्छ भन्ने हाम्रा पूर्वजहरुर कार्लमाक्र्सको मान्यता छ । त्यही मान्यतालाई लिएर आज हामीलेसमृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा निर्धारण गरेका छौं । हामीले निर्धारण गरेको त्यही राष्ट्रिय आकाङ्क्षाका विरुद्ध व्यक्तिगत स्वार्थ, नातागोतावाद, भ्रष्टाचार र शासनको दुरुपयोगगर्नेहरु सक्रिय छन् । आज शासनमाउनीहरुले अपनाएको परिवारवादका अत्यन्त भद्दा रुप पनि देखिन थालेका छन्। समाजवादका निम्ति यस्ता प्रवृत्ति र विचारहरुका विरुद्ध हाम्रो लडाइँ हो । आज विश्वव्यापी रुपमा समाजवादी मान्यता कि पुँजीवादी मान्यता, व्यक्तिवाद कि समूहिकतावाद, स्वार्थवाद किसमविकासवाद, म वाद कि, हामीवाद ?आज भइरहेको लडाइँ यही हो । हामीवाद भनेको समाजवाद हो । म वाद भनेको पुँजीवाद हो । अनुचित नाफाबाट अर्कालाई मर्का पार्ने अतिरिक्त मुल्य न्यायोचित मुल्य होइन । असाधारण सम्पत्ति जमाहट रसंकलन, त्यसको अनुचित प्रयोगलाई हामी दुरुपयोग भन्छौं । मानवीय समाज र सभ्यताको विकासका लागि तिनको सामुहिक प्रयोग, यही समाजवाद हो । समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्यमा हिंड्ने हामी र नातागोतावाद र अकुत पुँजी संकलनमा हिंड्ने उनीहरुबीचको यही लडाइँ अहिले चलिराखेको छ ।
आगामी संसदीय र प्रदेश निर्वाचनमा यिनै दुई विषयमा लडाइँ हुँदै छ । समाजवाद कि पुँजीवाद, नाफाखोर, असामाजिक प्रवृत्ति कि सामाजिक देश र जनताका लागि अग्रसर हुने प्रवृत्ति?आगामी चुनावमा यी दुईवटा ट्रेनहरु बीचको लडाइँबाट सफल निष्कर्ष निकाल्नुपर्छ । किन यो जरुरी छ भने हामीले यो अधोगतिबाट मुलुकलाई फेरि विकासको लिकमा ल्याउनु पर्नेछ । मेरो नेतृत्वमा जुन एमाले सरकार चल्यो, त्यो सरकार र अहिले एक वर्षमा चलाइएको सरकारका बीचको भिन्नतालाईआम जनताका बीचमा हामीले राख्नुपर्छ । हामीले सरकार छोड्दा कोभिड एक ढंगलेनियन्त्रण भइसकेको थियो । तीन वर्षमा हामीले डेढ वर्ष कोभिडसँग लडेर बिताउनु प¥यो । तरपनि देशको अर्थतन्त्र, देशको राष्ट्रिय आत्मविश्वास, विकासको गति, सुशासनतर्पmका हाम्रा सफलताहरु असाधारण थिए ।आज एक वर्ष भित्र देखा परेको भयानक अधोगतिले मुलुक चिन्ताजनक अवस्थामा छ । यसले यी दुईवटा विचार बीचको प्रतिस्पर्धा के हो भन्ने कुरालाई स्पस्ट देखाउँछ । त्यसकारण अब हामीले समाजवादको आधार तयार गर्ने हाम्रो अभियानलाई अगाडि बढाउनएमालेको बहुमतको सरकार चाहिन्छ ।
वडा कमिटी ३९ जनाको भोट २४ मात्र कसरी ?
आज हामी लेनिनवादी संगठनात्मक सिद्धान्त भन्छौं । अघि मैले भनेको पुँजीवादी व्यवस्थापन सम्बन्धी, पुँजीवादी संगठन सञ्चालन सम्बन्धी, पुँजीवादी कम्पनी सञ्चालन सम्बन्धी सिद्धान्तहरुले पनि के भन्छ भने–हाइरार्की । कुनै पनि कुरा अर्डरमा हुनुपर्दछ, डिभिजन अफ वर्क हुनुपर्दछ । हाम्रो पनि डिभिजन अफ वर्क छ । हामी हरेकको जिम्मेवारी छ । तर, आफ्नो ठाउँमा हामीले कति प्रभावकारी ढंगले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छौं ? हामी अध्यक्ष भएका ठाउँमा हामीले हाम्रो जिम्मेवारी कति प्रभावकारी ढंगले पूरा गरिराखेका छौं ? हामी सदस्य भएका ठाउँमा, हामी संयोजक भएका ठाउँमा, हामी इन्चार्ज भएका ठाउँमा, हामी सचिव भएका ठाउँमा, हामी उपसचिव भएका ठाउँमा आपूmले जिम्मेवारी लिएको ठाउँमा कति ध्यानपूर्वक लागेका छौं ? हामी जहाँ जहाँ पुग्नु पर्ने त्यहाँ त्यहाँ पुगिराखेका छौं कि छैनौं ?राख्नु पर्ने बैठकहरु राखेका छौं कि छैनौं ?व्यवस्थित ढंगले कामलाई अगाडि बढाएका छौं कि छैनौं ?समय समयमा व्यस्थित ढंगले बैठक बस्ने गरेका छौं कि छैनौं ?ती मिटिङ एजेण्डा सहित बस्ने गरेका छौं कि छैनौं ?उपयुक्त एजेण्डा छनोट गरेका छौं कि छैनौं ?उपयुक्त एजेण्डाको छनोट गरेका छौं भने ती एजेण्डाहरुमा हामी अब कसरी अगाडि जाने ? कुन मितिसम्म कति उपलब्धि हासिल गर्ने ? त्यो हासिल गर्नका लागि कसले के जिम्मा लिने ?
कमिटीले बसेर सामुहिक निर्णय गर्छ । तर सामुहिक निर्णय हुन छोडेको छ । पार्टीमा सामुहिक निर्णय हुने गर्छ, हुनु पर्दछ । पार्टीमा सामुहिक निर्णय कम हुने गरेको छ । व्यक्तिगत जिम्मेवारी बहन गर्नु पर्दछ तर व्यक्तिगत जिम्मेवारी बहन गर्न छोडिएको छ । कतिपय ठाउँमा लज्जाजनक स्थिति छ । हामीमा पार्टी सदस्य, पार्टीको कमिटीको जिम्मेवार व्यक्ति, जिम्मेवार व्यक्ति भनेको जिम्मा लिएको व्यक्ति, फलानो कामको जिम्मा लिएको व्यक्ति हुँ भन्न लाज हुने खालको स्थिति छ । मैले उल्लेख नै गर्ने हो भने एउटा पालिकाको एउटा वडामा वडा कमिटी छ, पार्टी सदस्यहरु छन्, जनसंगठनहरु छन्, जनसंगठनका कमिटी छन्, जनसंगठनका सदस्य छन् । पार्टीको वडा कमिटी ३९ जनाको छ । मातहतमा सदस्य थुप्रै छन् ।जनसंगठनहरुका कमिटी छन्, सदस्यहरु छन् । त्यहाँ पदका लागि मारामार हुन्छ । वडा कमिटी ३९ जनाको छ । तर वडाको चुनावमा अस्ति२४ वटा भोट आयो । हामीलाई पार्टी सदस्य हुँ भन्न लाज हुनुपर्छ कि पर्दैन ? यो भन्दा बेइमानी केही हुन्छ ? यो भन्दा निकृष्टता केही हुन्छ ?यो भन्दा घटिया कुरा केही हुन्छ ?कम्युनिष्ट पार्टीको कार्यकर्ता भएर वडा कमिटीमा ३९ जना बस्ने २४ जनाले भोट हाल्ने ! यो भन्दा सर्मनाक कुरा केही हुन्छ ?भोट हाल्न सकिँदैन भने कमसेकम राजीनामा गर्न सकिँदैन ?म पार्टीलाई भोट हाल्न सक्दिन, म राजीनामा दिन्छु भन्नु पर्दैन ? त्यति त इमानदारिता देखाउनु पर्छ नि !पार्टीको कमिटी मात्रै ३९ जनाको, अरु जनवर्गीय संगठन कहाँ गए ?सदस्यहरु कहाँ गए ? भोट आउँछ २४ ! विचार गर्नुस् त, तपाईंहरुलाई सुन्दा कस्तो लाग्यो ?गर्नेहरु पनि यहाँ हुनसक्नु हुन्छ । यसरी पार्टी चल्दैन । यस्तो पार्टीले गरिखाँदैन । त्यसकारण म स्पष्ट ढंगले साथीहरुलाई भन्न चाहन्छु,–तपाईं हाम्रा शास्त्रहरुमा जानुस्, हाम्रा ग्रन्थहरुमा जानुस्, हाम्रा अग्रजहरुका, पूर्वजहरुमा जानुस्। उहाँहरुको शिक्षा के छ ? मान्छे भित्र आन्तरिक रुपमा ३ वटा आयाम हुन्छ, जसले उसलाई कस्तो हो भन्ने कुरा निर्धारण गर्छ । त्यसमा एउटा मति, अर्को बुद्धि र तेस्रो ज्ञान । ज्ञान भनेको किन्न पनि सकिन्छ । तपाईं पाइलट हुनुहुन्न, तपाईंले हेलिकप्टर किन्नु भयो भने पाइलट किन्न पाउनु हुन्छ । तपाईं डाक्टर हुनुहुन्न तर तपाईं डाक्टर किन्न पाउनु हुन्छ । तपाईं ड्राइभ गर्न जान्नु हुन्न तर तपाईं ड्राइभर पाउनु हुन्छ । तपाईंसँग म्यानेजरियल स्किल छैन, तपाईं म्यानेजर किन्न पाउनु हुन्छ ।तपाईंले स्यालरी दिने हो, ज्ञान किन्न पाउनु हुन्छ ।तपाईंलाई पुराण लगाउन मन लाग्यो भने पण्डितजी पाउनु हुन्छ, दक्षिणा दिने कुरा हो । तपाईंले नै पण्डित्याइँ गर्न जान्नु पर्छ भन्ने छैन, तपाईं पण्डित प्राप्त गर्न सक्नुहुन्छ ।बुद्धि पनि त्यत्रो ठूलो कुरा होइन ।बुद्धि खतरनाक पनि हुन्छ ।बुद्धि सकारात्मक ठाउँमा सदुपयोग ग¥यो भने ठीकै हो । मति ठीक छैनभने बुद्धि खतरनाक हुन्छ। मतिले बुद्धिलाई ड्राइभ गरेन भने खतरनाक हुन्छ । एमालेको वडा कमिटीमा बसेको छ, भोट अर्कालाई हालेको छ, यो भन्दा मतिभ्रष्ट, यो भन्दा बुद्धिको दुरुपयोग के हुन्छ ?आफ्नै पार्टीका विरुद्ध प्रचार गर्ने, आफ्नै पार्टीका विरुद्ध अरु प्रकारका क्रियाकलाप गर्ने कुरा मति भ्रटता हो । सबै ठाउँमा मैले देखेको छैन, तर परिणाम बोलिराखेको छ । मैले नदेखेर के गर्ने ! परिणामले सबैका कान कानमा भनिराखेको छ ।वडामा ३९ जना पार्टी कमिटीका सदस्य छन्, २४ वटा भोट आउँछ ।इमानको सन्दर्भमा कसैले त्यहाँ केही भन्नु पर्छ ?यो बेइमानी भयो ।कम्युनिष्ट कार्यकर्ताका लागि इमान मुख्य कुरा हो । मान्छेको चरित्र, मान्छेको आचरण र मान्छेको मान्छेपन भनेको इमानदारितामा हुन्छ । इमान मान्छेको विशेष गुण हो । मान्छेको श्रेष्ठता, उत्कृष्टता भनेको इमानमा हुन्छ । मान्छे थितिमा हुन्छ, विधिमा हुन्छ । संविधानमा यस्तो कुरा लेखेको हुन्न, कानूनमा यस्तो कुरा लेखेको हुन्न तर सामाजिक प्रचलनमा यी कुराहरुलाई मानिसले वरण गरेको हुन्छ ।चरित्र वा मतिको स्थान थिति विधिभन्दा माथि हुन्छ । तपाईंलाई भोक लागेको बेला छिमेकीको घरमा पुग्नु भयो, त्यहाँ खाना तयार छ, तपाईंलाई भोक लागेको छ ।तपाईंले मन पराउने खालको सब्जी पनि रहेछ । मन पराउने खालको दाल रहेछ, मन पराउने खालको यदि मांस परिकार पनि रहेछ भने पनि तपाईं त्यो खानुहुन्न ।तपाईं त्यहाँ नखाइकन घरमा फर्किनु हुन्छ।छिमेकीको घरमा भात पाकेको भेटियो भने नखाइकन फर्किनु पर्छ भन्ने कुनै कानूनमा लेखेको छ र ?छैन नि । तर, तपाईंले त्यहाँ खानु भयो भने पनि त्यो कानूनको उल्लंघन हुँदैन ।तर पनि तपाईं खानुहुन्न। किन खानुहुन्न भने तपाईंमानवीय सामाजिक मति र चरित्रबाट अभिप्रेरित हुनुहुन्छ । तपाईंका लागि त्यहाँ खाना पाकेको छैन, तपाईंका लागि तपाईंको घरमा पाकेको छ । त्यसकारण तपाईं घरमा फर्किनुहुन्छ र घरमा गएर खानुहुन्छ । त्यो सामाजिक प्रबन्ध हो, जो मानिसभित्र कानून भन्दा बढी अन्तरव्याप्त छ । त्यो हरेकले जानेको, बुझेको कुरा हो । यस्ता धेरै कुराहरुलाई सामाजिक नियमका रुपमा हामीले विकास गरेका छौं, हाम्रो समाजले विकास गरेको छ ।समाजयसले बाँधिएको छ । यो सबै इमानको कुरा हो ।नदेखिइकन चोर्नु हुन्छ कि हुँदैन ?हुँदैन । नदेखिइकन चोर्नु हुँदैन भनेको इमान हो । नदेखे त चोरे पनि हुन्छ भनेर खल्तीमा हात हाल्नु बेइमानी हो ।त्यसकारण मानवीयताको महत्वपूर्ण उचाइ भनेकोइमान हो । हामी गाउँ घरमा छोटो दुई अक्षरमा भन्छौं ‘मति’ । त्यसैले मति राम्रो हुनुपर्दछ ।
एमालेको कार्यकर्तासँग लेनदेन गर्दा कागज गर्नु नपरोस
आफूलाई बामपन्थी कम्युनिष्ट भन्नेले आज जेजे गरिराखेका छन्, तिनीहरुबाट कम्युनिष्ट भनेको यस्तै हुँदो रहेछ भनेर हामीले सिक्ने ? त्यस्तो गर्नु हुँदैन । हामीले आफूलाई अरुभन्दा श्रेष्ठ र पृथक रुपमा स्थापित गर्नु पर्दछ । अरु भन्दा उन्नत ढंगले हामी अगाडि हुनै पर्दछ । मैले जहिले पनि भन्ने गर्छु– अनुशरणीय हुनुस्, नमुनाको रुपमा हुनुस् । मान्छेले भनुन् न, उसले भनेपछि गर्छ है भनेर । उसले यो नकाम चाहिँ गर्न सक्दैन, कसैले भन्यो भने पनि यो गर्दैन भन्ने कुरा स्थापित गर्नुस् न । यो नराम्रो काम हो, त्यसकारण उसले गर्दैन भन्ने स्थापित गर्नुपर्छ । उ एमालेको कार्यकर्ता हो, त्यसकारण बेइमानी गर्दैन भन्ने त कमसेकम होस् । एमालेको कार्यकर्तासँग लेनदेन गर्दा कागज गर्नु पर्दैन, एमालेको कार्यकर्ताले यतिमा बेइमानी गर्दैन भन्ने त कमसेकम होस् । एमालेको कार्यकर्ता छ लेखेर के गर्ने, कागजले पैसा फिर्ता गर्ने होइन, उसले फिर्ता गर्दैन, बेइमान छ भन्ने भयो भने के काम लाग्यो ? एमालेको कार्यकर्ता त्यस्तो हुन्छ ?त्यसकारण पहिलो कुरा त हामीमा इमान हुनुप¥यो।
व्यवस्थापनसँग सम्बन्धित सिद्धान्तहरु मैले अघि भनेँ । बुर्जवाहरुले तय गरेका थ्यौरी अफ म्यानेजमेन्टमा आफ्ना जवाफदेही, आफ्ना उत्तरदायित्व, इमानदारीताका साथ काम गर्नु पर्ने आदि कुराहरुलाई उनीहरुले पनि मानेका हुन्छन्। व्यक्तिगत हितलाई, आफ्ना हितलाई, संस्थागत वा समुहका हितका मातहत राख्नु पर्दछ र आफ्ना हित परित्याग गर्नु पर्दछ, संस्थाका हितहरुप्रति समर्पित हुनुपर्छ भन्ने उनीहरुको पनि सिद्धान्त हो ।व्यक्तिगत हितहरुलाई संस्थाका हितका मातहतमा राख्नु पर्छ भनेर लेनिनले पहिलो प्रतिपादन गरेको होइन । लेनिनको संगठनात्मक सिद्धान्तमा योलेखिएको छ, तर लेनिनले पनि आपूm भन्दा अगाडिका पुँजीवादी व्यवस्थापनका सिद्धान्तका व्याख्याताहरुका कुराबाट लिनु भएको छ । दर्जनौं व्यक्तिहरुकोसिद्धान्तबाट त्यस्तो लिन सकिन्छ ।दर्जनौं व्यक्तिहरु जसले एकपछि अर्को सिद्धान्त फलो पनि गरेका छन् र विकास पनि गरेका छन् ।
एमाले हारेको होइन,३४ प्रतिशत भोट ल्याएर पहिलो पार्टी बनेको छ
आफ्ना स्वार्थहरुलाई या मैले भनेको भएन, म भइनँ, म नभएपछि किन ? मैले भनेको नभएपछि किन ? ‘मैले फलानोलाई टिकट दिउँ भनेर भनेको थिएँ, नमानेपछि..’ भन्ने पनि हुन्छ संस्थामा ? त्यो घरमा पनि हुँदैन । संस्थामा मैले फलानोलाई उमेदवारी दिउँ भनेको थिएँ, भएन । नभएपछि किन भोट दिइन्छ, किन खटिइन्छ ? मैले पाउनु पर्दथ्यो, मैले पाइनँ, किन खट्ने ? यस्तो भन्न इमानले दिंदैन । अनि त्यसो भए तपाईंले पाउँदा अर्काले किन खट्ने ?चुनावमा एउटा नारा चलेको थियो– टिकट पाए जित्छु, टिकट नपाए जसले पाउँछ, त्यसलाई जिताउँछु । त्यो नाराको व्यापक उल्घंन भयो । जित्छु वा जिताउँछु, यो नारा विल्कुल ठीक थियो, तर पाए जित्छु नपाए हराउँछु भन्ने भयो । व्यवहारमा उल्टो भयो, पाए जित्छु, जित्ने कोसिस गर्छु, पाइनँ भने हराउने कोसिस गर्छु । हाम्रो अहिलेको परिणाम जनमत नभएर होइन ।छाप हान्ने बेलामा हात कताकता लट्पटिएर कुद्यो, त्यो हेर्नुस् न । स्वस्तिक छाप कहाँ कहाँ लगाइएछ, त्यो हेर्नुस् न । त्यसकारण हामीले आफ्ना हितहरुलाई संस्थाका हितका मातहतमा राख्न सक्नु पर्दछ । यो खाली पार्टीका लागि मात्रै होइन, यो वैयक्तिक जीवनमा भोलि पनि, सामाजिक जीवनमा भोलि पनि रसधैँ अत्यन्तै महत्वपूर्ण कुरा हो । हामी इमानका साथ व्यवहार गर्छौं कि गर्दैनौं ? यो हाम्रो मानवीय चरित्रको मापक हो ।
देश यस्तो अवस्थामा छ। यति गम्भीर चुनौतीको हामी सामना गरिराखेका छौं ।हाम्रा विरुद्धयत्रो घेराबन्दी छ । सारा शक्ति एकातिर लागेर हाम्रा विरुद्ध प्रहार गरिराखेका छन् । त्यसलाई हामीले पराजित गर्नु पर्नेछ । यस पटक हाम्रो कुनै उमेदवार व्यक्तिगत रुपमा हा¥यो र ? पार्टी हा¥यो नि । कसकसले कहाँ कहाँ हा¥यो भनेर मान्छेले हिसाब गरेको छ ?एमालेले कति सिट ल्यायो भनेको छैन ? एमालेले हा¥यो भन्दै छन् । तसर्थ, हामीले आफ्ना इगो, अहंकार छोड्नु पर्छ । देशलाई अगाडि बढाउने हो भने हामीले यी कुराहरु छोड्नु पर्दछ । हामी सामुहिक भावनाका साथ, पार्टी भावनाका साथ, गन्तव्यतर्फ हेरेर, गन्तव्यतर्फ फर्किएर, गन्तव्यतर्फको यात्रामा अगाडि बढ्नु पर्दछ । व्यक्तिगत प्रतिस्पर्धा, व्यक्तिगत इष्र्या र इगोमा अल्झिने कि गन्तव्य प्राप्त गर्ने ? यत्रा चुनौतिहरु छन्, यिनको सामना गर्ने कि सानातिना कुरामा अल्झिने ? त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु,–सानातिना कुराहरुमा अल्झिने होइन । हामीले हाम्रा महान उद्देश्यमा पुग्ने अभिभारा पूरा गर्न र हाम्रा अगाडिका गम्भीर चुनौतिहरुलाई पराजित गर्नका लागि नेकपा एमाले एकढिक्का हुन्छ, एकढिक्का हुनुपर्दछ ।नेकपा एमाले एकढिक्का भएर उभिन्छ, एकढिक्का भएर अगाडि बढ्छ, एकढिक्का भएर बाधाव्यवधानसँग जुध्दै, तिनलाई पराजित गर्दै विजय हासिल गर्छ । यसमा हामी सबै प्रतिबद्ध छौं, इमानदारिताका साथ लाग्छौं,अस्तिको चुनावजस्तो कुनै हालतमा हुन दिँदैनौं । त्यो हाम्रो संकल्प हो, हाम्रो प्रतिबद्धता हो ।
अस्तिको चुनाव राम्रो भएन । तर हाम्रा विरोधीहरुले भनेकोजस्तो लघुताभाषको शिकार हुनुपर्ने पनि केही छैन । १०-१५ वटा सिट ल्याएको छ, त्यो पनि अर्काको भरमा । अर्काका रुखबाट अलिअलि झरेका पात जम्मा गरेर डोकामा हालेको छ, अनि के भन्छ–एमालेको त वन नै सखाप भयो । न आफ्नो विरुवा छ, न केही छ विचरा, एमालेको वन नै समाप्त पार्दिएँ भन्छ । अहिले हा¥यो भन्दा पनि सिटको हिसाबले पनि त दोस्रो पार्टीएमाले नै भएको होला नि । सबैले मिलेर टोक्दा पनि २०६ त एमालेले एक्लै जितेको होला नि । कसैले हाततिर टोक्ने, कसैले खुट्टातिर टोक्ने, कसैले पिडौंला टोक्ने, कसैले तिघ्रातिर उफ्रिउफ्रि झम्टिने ।सबै गर्दा पनि त यत्रो सिट ल्याएको होला नि ।सबै भन्दा ठूलो पार्टी भनेको गठबन्धनको काँग्रेस होला, त्यो भन्दा १ लाख बढी भोटएमालेले ल्याएको होला । एक प्रतिशत बढी भोट त फेरि पनि एमालेले ल्याएको होला । विभिन्न खोजमेल, गोडमेल, अैंचोपैंचो, सापटी गर्दा ३ प्रतिशत पु¥याउनेले पनि एमालेले हा¥यो अरे ! सबै भन्दा बढी ३४ प्रतिशत एमालेले ल्याएको छ नि । अनि एमाले हा¥यो अरे ! हामी यो हल्लाका पछाडि लाग्नु पर्ने आवश्यकता छैन ।
हाम्रै कमीकमजोरी भयो, हामीले जनतालाई राम्ररी सम्झाउन सकेनौं, प्रचार राम्ररी पुगेन । भन्नुस् त, ध्वस्त भएका ठाउँमा हामीले पुनःनिर्माणको कत्रो काम गरेका छौं, ओहो ! २०७२ सालमा हामीले काम गर्ने मौका पायौं, हामीले कानुन बनायौं ।त्यसपछिको सरकारले प्राधिकरण हेरफेर ग¥यो, काम केही पनि भएन । फेरि सरकारमा आएर २०७५ सालबाट हामीले काम सुरु ग¥यौं ।०७५-०७६-०७७ सालमा ७ लाख घर बनाएर हस्तान्तरण गरिसक्यौं । धरहरा, रानीपोखरी, दरवार हाइस्कुल, बसन्तपुर, पाटन दरवार स्क्वायरदेखि भक्तपुर दरवारस्क्वायर लगायतका संरचना सबै निर्माण ग¥यौं । स्कूल, कलेज, विश्वविद्यालय, स्वास्थ्य चौकी यी सबै पुनःनिर्माण ग¥यौं । बाटाघाटा हुलाकी राजमार्ग बन्यो, मदन भण्डारी राजमार्ग दोस्रो पटक सुरु गरेर हामीले बनायौं ।अहिले लगभग सबै तयार भयो, अब केही पुलहरु बाँकी होलान् । पूर्वदेखि पश्चिमसम्म लगभग मदन भण्डारी राजमार्ग तयार भएको छ । पुष्पलाल राजमार्ग अब लगभग तयारीको स्थितिमा पु¥याएका छौं । चुलामा ग्यास ल्याउन सकिन्छ? नहुने कुरा भन्दै थिए । पानीको पाइप लान सकिने, ग्यासको लान नसकिने हुन्छ ? अब त विजुलीका तार नै पु¥याइन्छ । अब ग्यासका पाइप चुलामा लानु पर्ने आवश्यकता सायद पर्दैन । तर चुलामा सानासाना पाइप मात्रै होइन, हामीले अम्लेखगञ्जमा ठूलाठूला पाइप ल्याएर त्यहाँ पेट्रोलियम पदार्थ झा¥यौं । ठूल्ठूलो पाइप आउँदो रहेछ नि । इन्धनट्याङ्करमा बोकेर ल्याउनु परेन, हामीले पाइपमै झारेका छौं । मेलम्ची सपना मात्र थियो । काठमाडौंका घरघरका धारामा पानी एमालेको सरकार थियो र आयो, नत्रभने अर्को १० वर्ष कमसेकम आउँदैनथ्यो । काठमाडौंको अहिलेको स्वरुप एमाले सरकारकै समयमा बनेको होइन ? सडकलाई सुन्दर गर्ने कुरा, सडक चौडा गर्ने कुरा, खोला किनाराका सडक बनाउने कुरा, सरसफाइको कुरा, एमालेकै सरकारका देन होइनन् र ? नेपाल जस्तो ठाउँमा मेसिन लगाएर सडक सफा गर्ने, बु्रमर लगाएर सडक सफागर्ने कुरा एमालेले सुरु गरेको होइन ? पानीले सडक सफा गर्छौं भनेर कृष्णप्रसाद भट्टराइले भन्नु भएको थियो । हामीले सडक पखालेको हो त, हामीले पखालेर देखाएका हौं । हामीले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछौं, अरु बनाउँछौं भनेनौं । हामीले नेपालबनाउँछौं भन्यौं, नेपाल बनाउने बाटोमा अगाडि बढाएका हौं । हाम्रो यस्तो सरकार थियो ।
एमसीसी विरुद्ध आफैं मान्छे सडकमा उफार्ने अनि आफैं पास गर्ने ?
अहिले त एमसीसी गर्नेलाई के गर्छु भनेर सडकमा उफ्रियो । एमसीसी खराब हो भनेर कराउने, तिनीहरुलाई यस्तो गर्छौं, उस्तो गर्छौं भन्न लगाउने, बेलुका संसदको फ्रन्ट सिटमा बसेर हात उठाएर ‘हुन्छ’ भनेर सबै भन्दा ठूलो आवजमा कराउने । त्यस्ताले पनि भोट पाए त यसपटक । भोट त पाए नि ! केही भोट बुथ कब्जा गरेर ल्यायो, केही बेठीक गरेर ल्यायो, तर केही भोट त पायो नि !जनतालाई हामीले सचेत पार्न सकेको भए बुथ कब्जा पनि हुन सक्दैन्थ्यो । जब जनता जागे नि ! क्युवामा बेटिस्टाको सरकार उल्टियो, फिलिपिन्समा मार्कोस भागे, इन्डोनएशियामा सुकार्र्नोे भागे, पेरुबाट पिनोसे भागे । जनता जागे इरानबाट रोजा पहलवी भागे । जनता जाग्दा शासकभाग्दारहेछन् नि !जनता उठ्यो भने शासकहरु त भाग्दा रहेछन् भने बुथमा कब्जा गर्न बसेका ४ जना प्रहरीको के कुरा ?त्यहाँ बसेका ४ जना गुण्डाको के कुरा ? सबैलाई पराजित गरेर जनताले आफ्नो विजय सुनिश्चित गर्न सक्छन् ।
तर, यसपटक हाम्रो कहीं योजनाबद्ध ढंगले चुनाव प्रचार भयो र ?योजनाबद्ध ढंगले कतै काम नै भएन, छरपस्ट काम भयो, लुखुर लुखुर काम भयो । पूर्वअध्यक्ष, पूर्वमेयरले पाएन भने अनुहार उज्यालो देखिएन । उम्मेदवारी नपाउँदा संसारमा घामै डुबेको होइन नि ! फेरि उदाउँछ नि, अर्को अवसर आउँछ नि ! अस्ति पाएको यसपटक पाइनँ भनेर अनुहार अँध्यारो हुनुपर्ने आवश्यकता छैन । अवसर फेरि पाइहालिन्छ नि ! म के भन्न चाहन्छु भने हाम्रा अगाडि हामीले पूरा गर्नु पर्ने धेरै ठूलो अभिभारा छ । त्यो पूरा गर्न नदिनका लागि अनेक व्यवधानहरु छन्, चुनौतीहरु छन् । सबै भन्दा अगाडि त एउटा प्रतिक्रियावादी, देशद्रोही मनशाय बोकेको भ्रष्टर अपवित्र गठबन्धन छ ।त्यो अनेक हिसाबले हामीलाई असफल बनाउन गालेको छ । हाम्रा महान उद्देश्यतर्फ तगारो बनेर यो बीचमा आएको छ । यसलाई हामीले मिल्काउनु पर्नेछ । कतिले यो गठबन्धन फोडौं भन्छन् । समय क्रममा गठबन्धन आफैँ फुट्छ । स्वार्थी पुँजीवादी बाटो हिँडेर कहिल्यै एकताबद्ध हुने सम्भावना नै हुँदैन ।यो उनीहरुको स्वार्थको खेल हो, उद्देश्यमा, गन्तव्यमा एकता होइन । यो स्वार्थको एकता हो । तसर्थ उनीहरुको स्वार्थको एकता, स्वार्थको टकरावमा बदलिन्छ । यो नियम हो । त्यसकारण हामीले धेरै हतार गरेर यिनीहरुको यो एकता फोड्नका लागि चाँदीको तरवार बनाउनु पर्ने आवश्यकता छैन । यो एकता स्वार्थको टकरावबाट आफैंफुट्छ ।
अर्को कुरा कोसँग मिलेर कोसँग लड्ने भन्दा उस्तै-उस्ता मध्ये कोही लिएर कसैका विरुद्ध लडेर पनि के फाइदा हुन्छ ? हाम्रो उद्देश्यसँग, हाम्रो गन्तव्यसँग सहकार्यमा साथै हुन नसक्नेलाई लिएर के गर्नु ? हामीले हिजो पनि त अभ्यास ग¥यौं नि! हामीले एकता एकीकरण गर्दा दिएको संख्या लिएर हामीलाई सडकमा पु¥याइदिएको होइन ? हामीले दिएको संख्या दुरुपयोग गरेर हाम्रो साधारण सदस्यता समेत खारेज गर्ने र भविष्यमा समेत अयोग्य हुने-ठहरिने गरी कारबाही गर्नेहरु होइनन् ? त्यसकारण मैले भनेँ– बामपन्थी पार्टी फुटाएर, बामपन्थी सरकार ढालेर-ढालिपाउँ र दक्षिणपन्थी सरकार बनाइपाउँ भनेर अदालतमा मुद्दा हालेर, परमादेश लिएर, आएर दक्षिणपन्थी गठबन्धन बनाउने, अनि तिनीहरुलाई बामपन्थी हुन् भनेर हुन्छ ? बामपन्थी को हो ? त्यो क्रियाकलाप बामपन्थी हो ? त्यसो गर्नेलाई बामपन्थी भनिन्छ ? त्यसो गर्ने बामपन्थी हुन् भने हामी त बामपन्थी भएनौं । किनभने हामीले त त्यस्तो गरेको छैन । त्यसकारण मैले भनेँ– बामपन्थी कोही छौं भने एमाले खुला छ । बामपन्थी कोही छौं भने गठबन्धन छोड, गठबन्धन परित्याग गर, आउ यदि छौं भने । तपाईंहरु देखिराख्नु भएको छैन ? काँग्रेसले कहिले कहिले यिनीहरुका गालामा झिल्का निस्किने गरी ठ्याम्म हान्छ क्या ! अनि यिनीहरु कांग्रेसको पिंडुलामा च्याप्प अंगालो हालेर कक्रक्क परेर रुन्छन् र भन्छन्– ठूलो छु भन्दैमा हामीलाई नहेप (रुन्चे स्वरमा), यसरी हेप्ने हो ! हेपाइ अति भयो ! खुट्टामा समातेर कक्रक्क परेर भन्छन् । कांग्रेसले फेरि छोड् भनेर झट्कार्छ । (रुन्चे स्वरमा)..गठबन्धन टुट्नु हुँदैन, टुट्नु हुँदैन, नाइ के म छोड्दिन, छोड्दिन! भन्छन् । अनि हामी त्यस्ताहरुलाई बामपन्थी भनेर उनीहरुबाट अपेक्षा गर्छौं। देश बनाउने कुरामा यिनीहरु आउलान्, लाग्लान्, ? यहाँ आफ्नै साथीहरु त अर्कालाई भोट दिन कुदिराखेको बेलामा त्यस्ताहरु !

समृद्धिका सपनालाई शिरमा राखौं
त्यसकारण हामीले आफ्नो पार्टी बनाऔं, पार्टीको शुद्धिकरण गरौं, आफूबाट शुद्धिकरण थालौं । मैले कसैलाई भनेको होइन, हामी हरेकले शुद्धिकरण थालौं । आफूलाई कम्युनिष्ट बनाऔं । हरेकले आफूलाई कमसेकम इमानदार बनाऔं। मेरो भनाइ त्यो हो । हामी साच्चै सुन्दर नेपाल, शान्त नेपाल, समृद्ध नेपाल, सुशासनयुक्त नेपाल, गरिबी नभएको नेपाल, पछौंटेपन नरहेको नेपाल, सबै सुशिक्षित भएको नेपाल र मान्छेका आधारभूत आवश्यकता र विज्ञान प्रविधिले अहिलेसम्म उपलब्ध गराएका आवश्यकता पूरा गर्न सक्ने खालको नेपाल बनाऔं र त्यो सुविधा उपभोग गरिरहेका सुखी नेपाली बनाऔं । हामी त्यस्तो देश बनाउन चाहन्छौं कि चाहदैनौं ?चाहन्छौं भने हामीले मेहनत गर्नै पर्छ । यति बत्ति बाल्नका लागि बात्ति बनाउन प¥यो, दियो खोज्नु प¥यो, तेल हाल्नु प¥यो, सलाई खोजेर ल्याएर बाल्न प¥यो । बत्ति बाल्नका लागि यति जोरजाम गर्नु पर्दो रहेछ भने देशलाई नै उज्यालो बनाउनका लागि, चम्किलो बनाउनका लागि मगमग बास्ना आउने बनाउनका लागि, दुनियाँको आकर्षणको केन्द्रजस्तो म्याग्नेट (चुम्बक) बनाउनका लागि, दुनियाँलाई यहाँ हेर्न आउने बनाउनका लागि, हाम्रो देशको सुन्दरतालाई मानवीयताले प्रतिस्पर्धा गरेर वास्तवमा एउटा सुन्दर देश बनाउनका लागि कति मेहनत गर्नु पर्ला ? यस्ता स्वार्थी तत्वसँग कति जुझ्नु पर्ला ?त्यसका लागि हामी लाग्छौं कि लाग्दैनौं भन्ने मुख्य कुरा हो ।त्यसका लागि आजैदेखि लाग्नु पर्छ ।मुख्य कुरा हामी आत्मानुशासित होऔं, इमानदार बनौं । हाम्रो गन्तव्यमा केन्द्रित बनौं । देशको हितलाई शिरमा राखौं, जनताका हितलाई शिरमा राखौं ।परिवर्तन र रुपान्तरणका उद्देश्यलाई शिरमा राखौं । समृद्धिका सपनालाई शिरमा राखौं । त्यसो गरेर हामी अगाडि बढ्यौं भने हाम्रो सफलता र विजयलाई कसैले रोक्न सक्दैन । त्यसो गरेनौं भने, हामी निम्छरा भयौं भने, हामीले आत्मविश्वास गुमायौं भने, आफैँ ससाना कुराहरुमा अल्झियौं भने हामी कसरी गन्तव्यमा पुग्न सक्छौं ? ससाना स्वार्थहरुमा अल्झियौं भने हामीले बृहत् र व्यापक एकता कसरी बनाउन सक्छौं ?त्यसकारण गुटबन्दी मूर्दावाद ! हिजो लामोसमय पार्टीभित्र हामीले गुटबन्दी बेहो¥यौं । यो गुट भनेको छ, त्यो गुट भनेको छ । गुटबन्दी आन्दोलनको शत्रु हो । गुटबन्दी गर्दागर्दा आखिर मान्छे सफल भएन भने, त्यो गुटबन्दी र त्यो गुटबन्दीका अपवित्र उद्देश्यहरु सफल भएनन् भने मान्छे के गर्दो रहेछ ? त्यसले पार्टी फुटाएर हिँड्दो रहेछ । हामीले देख्यौं नि ! पार्टी फुटाएर किन जानु परेको थियो भने गुटबन्दी बेस्सरी गरेका थिए, व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्य थियो । स्वार्थी उद्देश्यका निम्ति गरिएको गुटबन्दी असफल भयो भने मान्छे पार्टी फुटाएर भाग्दो रहेछ ।पार्टी फुटाउनुको अरु केही कारण छैन, त्यही कारण हो । तसर्थः पार्टीभित्र गुटबन्दी नगरौं ।एउटाका विरुद्ध अर्काले खुस्खुस् ग¥यो भने उसलाई समेत राखेर कुरा गरौं, एक्लै कुरा गर्दिनँ भनौं । उसका विरुद्ध खुस्खुस् कुरा गर्छ भने उसलाई समेत राखेर कुरा गर्छु, एक्लै कुरा गर्दिन भनौं । गुटबन्दी नगर्ने एउटा अभ्यास सुरु गरौं त ! हामी पार्टीलाई स्वस्थ्य बनाएर लिएर जान सक्छौं, एकताबद्ध बनाएर लिएर जान सक्छौं र एकताबद्ध पार्टीलाई व्यापक र विस्तृत बनाउन सक्छौं ।
मैले अघि नै भनेँ– शिक्षा, तालिम, प्रशिक्षण, अभिमुखिकरण फरक फरक कुरा हुन् । मैले अहिले गर्न खोजेको कुरा प्रशिक्षण होइन, अभिमुखिकरण हो । त्यसकारण अब प्रशिक्षक साथीहरुले आफ्ना विषयमा केन्द्रित भएर प्रशिक्षण सुरु गर्नु हुनेछ । मैले गर्ने अभिमुखिकरण मूलतः यसका हरेक बुँदाहरुलाई तपाईंहरुले विस्तृतिकरण गर्न सक्नुहुनेछ र यसलाई कार्यान्वयन गर्न सक्नुहुन्छ ।
अनेम संघलाई निर्देशन: घरघरमा सदस्य,टोलटोलमा संगठन बनाउनुहोस
हामी पार्टी किन बनाइरहेका छौं, हार्नलाई ?हाम्रा नराम्रा उद्देश्य भए हामीले हार्नै पर्दथ्यो । बेठीक उद्देश्य भए हामीले हार्नै पर्दथ्यो । हाम्रा उद्देश्य सही छन्, महान् छन्, त्यसकारण ती उद्देश्यहरु प्राप्त हुनुपर्दछ । तिनीहरु हाम्रा निम्ति होइन, देशका निम्ति प्राप्त हुनुपर्छ, जनताका निम्ति प्राप्त हुनुपर्दछ, लोकतन्त्रका निम्ति प्राप्त हुनुपर्दछ । तसर्थ हामीले त्यसलाई असफल पार्न दिनु हुँदैन, सफल पार्नु पर्छ । गलत काम हामीले ग¥यौं भने असफल बनाउने कुरामा हामी लागेका हुन्छौं । सफल बनाउने कुरातर्फ हाम्रा प्रयासहरु केन्द्रित हुनुपर्छ । हामी योजनाबद्ध काम गरौं, योजना बनाएर काम गरौं, एकताबद्ध भएर काम गरौं । म फेरि भन्छु, सामुहिक निर्णय गर्ने अभ्यास गरौं ।संगठनका बैठकहरु पटक पटक बसालौं । हरेक जनसंगठनले तलसम्म, घरघरसम्म, टोलटोलमा संगठन र घरघरमा सदस्य बनाऔं । खासगरी मैले अखिल नेपाल महिला संघलाई भनेको छु–टोलटोलमा संगठन, घरघरमा सदस्य बनाउनुस् । अरुका लागि सम्भव छैन भने पार्टीका लागि सम्भव छ, अनेमसंघका लागि सम्भव छ । अनेमसंघले त्यो सम्भव बनाउन सक्छ र यो केही महिना भित्र टोलटोलमा संगठन, घरघरमा सदस्यको अभियान हामी हरेक संगठनले सञ्चालन गर्नु पर्दछ । त्यसमा पनि अखिल नेपाल महिला संघले यसलाई बढी प्रभावकारी ढंगले गर्न सक्छ । सदस्यता दियो छोड्दियो होइन, संगठन बनायो छोड्दियो होइन । त्यसलाई गतिशील बनाउने योजनाबद्ध ढंगले काम गरौं । हाम्रो विजय निश्चित छ । स्थानीय तहको निर्वाचनमा हामी हारेका छैनौं ।हाम्राकेही प्राविधिक आन्तरिक कमजोरीहरु भए । त्यसलाई आगामी दिनमा सच्याएर हामी अगाडि बढ्ने छौं । यही संकल्प गरौं भन्ने म साथीहरुलाई आग्रह गर्न चाहन्छु र आफ्नो भनाई टुङ्ग्याउँछु ।
(नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ४ साउन, २०७९ बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई गर्नुभएको सम्बोधनको पूर्णपाठ)





प्रतिक्रिया