काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनाव जितेर गएपछि कांग्रेसमा अहंकार बढेको टिप्पणी गर्नुभएको छ ।
आज नेपाल तामाङ संघ समाजवादीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।
‘नेपाली कांग्रेससहित सरकारमा हामी गयौं। स्थानीय निर्वाचन भयो,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘निर्वाचनमा कम्युनिस्ट भन्दा कांग्रेस अघि पुग्यो। त्यसपछि कांग्रेसमा अहंकार देखा पर्न थाल्यो।’
अध्यक्ष नेपालले कांग्रेसले ‘बुर्कुसी’ मारेर सबैलाई पिरोल्न थालेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अर्को चिन्ताको कुरा, हाम्रै बुई चढेर ठूलो भएपछि फेरि हामीलाई नै बुर्कुसी मार्ने हो कि भन्ने हामी सबैलाई पिरोल्न थालेको छ।’





प्रतिक्रिया